मंगलबार, भाद्र १६, २०७७ || 997  पटक पढिएको

जन्मजात फरक क्षमता अर्थात अपाङ्गता भएकी निराशा नुनियाको जीवन नाम जस्तै निराशाले भरिएको छ । सुनसरी जिल्लाको देवानगंज गाउपालिका वडा २ की २१ बर्षीय निरासा नुनियालाई हिडडुल गर्न समेत समस्या रहेको, छाप्रो समते ढल्न लागेको र अहिले खाना खान समेत समस्या भएको छ ।

आँखा भित्रै आँशु रोकेर वहाँले आफ्नो वेदन हामी समक्ष यसरी पोख्नु भो । “आफु सानै छदा बुवा बित्नु भयो । आमाले जेनतेन जनबन गरेर मलाई पाल्दै हुनुहुन्थ्यो म जन्मजात नै फरक क्षमता अर्थात अपाङ्ग छु तर मेरो जीवनको एउटा मात्र सहारा मेरो आमालाई पनि भगवानले म बाट खोस्नु भयो । जति बेला मैले आफ्नो होस पनि सम्हालेको थिईन् त्यस बखत नै मैले मेरो परिवार मेरो अभिभावक सबै गुमाई सकेको थिए । म टुहुरो भईसकेको थिए ।”

आफ्नो दुःख पीडा सुनाइ रहनु भएकी निराशको स्वारमा एकाएक अत्मविश्वासका साहासिक कदम आयो वहाँले अगाडी थप्नु भयो – “यस्तो परिस्थितीमा पनि मैले हिम्मत नहारि स्वाबलाम्बी भएर अगाडी बढाउने निधो गरे । यसमा मेरो गाउँ समाजका व्यक्तिहरुले मलाई निकै नै सहयोग गर्नु भयो । मैले आफ्नो जीविकोपार्जन गर्न एउटा सानो पसल खोले जो अहिले पसलमा राखने सामान छैन भको सामन पनि बेच्दै खाना खान नै सक्यो। ।” यी साहासिक कदम निकै नै सराहनीय छ तर त्यो साहासिक कदम अहिले पीड़ामा परिणत भएको छ ।

विश्वमहामारीको रुपमा फैलिएको कोरोना कहरमा निराशा फेरी निराशहुनु भएको छ । विगत छ महिना देखि पसल बन्द छ । पसलमा भए भरका समानहरु सकि सकिएका छन् । खाना लगाउन बस्ने समस्या भई रहेको छ थप पुँजी कहाँबाट ल्याउने ? घरमा न खाने कुरा छ न संगमा रुपैया पैसा छ । कही जानु पर्ने भयो पनि आवत जावत गर्ने साधन छैन । के गर्ने कसो गर्ने भन्दै गहभरी आँशु लिएर एकछिन चुप्प लाग्नु भयो ।
वास्तवमा वहाँको साहासिक कदम पीड़ामा लथंग्रीएका छन् । यस्ता सहासीक व्यक्तिव जो अरुको लागि समेत पे्ररणा हुन सक्ने भएतापनि अहिले आफै वेदनाले भरिएकी छिन् । निराशालाई आशाको बाटोमा पुनः डोर्याउन राज्यको दायित्व र हामीसबैको कर्तव्य रहेको म ठान्द छु । यस्तो विपतको परिस्थितीमा वहाँलाई कमसे कम बाँचन आधार हामीले सहयोग गर्न सक्यो एउटा ह्वील चेयर र आर्थीक सहयोग गर्न सक्यो भने निराशाको अनुहारमा आशाको चमक अवश्य नै चमकिने छ । त्यसैले म निराशा नुनिया दिदीलाई सहयोग गर्न सबै संग आग्रह गर्न चाहन्छु ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!