भारतले सैन्य मुठभेड चाहेमा ठुलो क्षति पुर्याइदिने भन्दै चीनले चेतावनी दिएको छ । उसले आफूसँग भुभाग रक्षाका लागि पर्याप्त शक्ति भएको भन्दै सन् १९६२ मा भन्दा ठुलो सैन्य क्षति पुर्याइदिने चेतावनी दिएको हो । आज चिनियाँ विदेश मामलाको धारणा सार्वजनिक गर्ने पत्रिका ग्लोबल टाइम्समा सम्पादकीयमार्फत् चीनले भारतलाई चेतावनी दिएको हो । सम्पादकीयमा भनिएको छ, ‘यदि भारतले सैन्य मुठभेड चाहेमा चिनियाँ जनमुक्ति सेना भारतको सेनालाई सन् १९६२ मा भन्दा बढी क्षति पुर्याउन वाध्य हुनेछ ।’ सन् १९६२ मा चीन र भारतबीच सीमा विवादका क्रममा युद्ध भई दुवैतर्फ ठुलो क्षति पुगेको थियो ।

चीनको नीति भारतलाई उत्तेजित पार्ने नभएको तर भुमि अतिक्रमण गर्ने छुट नदिने भनिएको छ । सम्पादकीयमा भनिएको छ, ‘यदि भारतले चीनसँग प्रतिष्पर्धा गर्न चाहे चीनसँग पर्याप्त उपकरण र क्षमता छ ।’ भारतलाई अमेरिकाले समर्थन गरेको भ्रममा नपर्न समेत भनिएको छ । भारतलाई अमेरिकाले मुखले मात्र साथ दिने भन्दै सम्पादकीयमा लेखिएको छ, चीन भारत सीमाको विषय दुई पक्ष बसेर समाधान गर्नुपर्छ ।

चीन भारतभन्दा धेरै गुणा बलियो रहेको भन्दै तुलना हुन नसक्ने समेत दाबी गरेको छ । अमेरिकासँग मिलेर चीनसँगको मामलामा प्रस्तुत हुन खोजेको आरोप समेत लगाइएको छ । सम्पादकीयमा भनिएको छ, ‘अमेरिका जस्तो अर्को शक्तिसँग जोडिएर चीनसँगको मामलामा प्रस्तुत हुने भारतको भ्रमको हामीले सामना गर्नुपर्छ ।’ सम्पादकीयमा भारतलाई अवसरवादी समेत भनिएको छ ।

चीन र भारतबीच लद्दाखको क्षेत्रस्थित लाइन अफ एक्चुअल कन्ट्रोलमा विवाद फेरि बल्झन थालेपछि चीनले ग्लोबल टाइम्समार्फत् धारणा सार्वजनिक गरेको हो । भारतले अमेरिकाको साथ लिएर चीनसँग प्रस्तुत हुनथालेको विषय उठिरहँदा पछिल्लो धारणा आएको हो ।यसअघि जुन महिनामा दुई पक्षबीचको झडपमा २० जना भारतीय सैनिकको मृत्यु भएको थियो । चीनतर्फ भने क्षतिको विवरण सार्वजनिक भएन । यसपछि दुवै पक्षले वार्ता गरी विवाद मथ्थर पारेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!