निभा महतो मधेसको नेपाल–भारत सीमामा पर्ने एउटा गाउँमा मध्यम वर्गीय परिवारमा २०५५ सालमा जन्मिएकी थिइन् । पहिलो सन्तानका रूपमा जन्मिएकी उनका बुवा व्यावसायिक फोटोग्राफर थिए । जिल्ला सदरमुकाममा बुबाको राम्रै चलेको फोटो स्टुडियो थियो । स्टुडियोको कमाइले परिवार राम्रैसँग चलेको थियो । हजुरबुवा नेपाल बैङ्कको कर्मचारी हुनुहुन्थ्यो । उनको हजुरबुबा अवकास हुन धेरै अवधि बाँकी थिएन । सबै तरिकाबाट हेर्दा पारिवारिक अवस्था राम्रै थियो ।

२०५९ सालमा निभा चार वर्षकी थिइन् । सोही साल उनका बुबाको वीरगञ्जमा गोली हानी हत्या गरियो । त्यो बेला उनका बुवा २८ वर्षका मात्र थिए । त्यही वर्ष उनका हजुरबुबा पनि रिटायर भए । यी घटनाक्रमले उनको परिवारमा अन्धकार छाउन थाल्यो । उनका जीवनमा पनि उतारचढाव आउन थाले ।

हाम्रो समाज पितृसत्तात्मक छ । यो समाजमा परिवारको आर्थिक क्रियाकलापदेखि सामाजिक क्षेत्रमा पुरुषले नै व्यवस्थापन गर्नेगर्छ । बुवाको हत्या गरिनु, हजुरबुबा अवकास हुनुले उनको परिवारमा एक्कासि समस्याका चाङ आइपरे । आमाको दाम्पत्य जीवन केही वर्ष बित्न नपाउँदै पति गुमाइन् । हजुरबुबाले एक्लो जवान छोरा गुमाएका थिए । निभाका बाबुको धमिलो आकृति र उनीसँगका केही पलका सम्झना मात्र थिए ।

निभा पछिका दुई साना साना भाइको जिम्मेवारी पनि थियो परिवारमा । आमालाई छोराछोरी कसरी हुर्काउने भन्ने पीर परिरहन्थ्यो । बुबा नभएपछि समाजले पनि निकै हेयको दृष्टिले हेर्न थाले । कहिल्यै कसैको आलोचना नसुनेकी उनकी आमाले छरछिकेकका विभिन्न टीकाटिप्पणी सुन्नुपर्ने भयो ।

उनको परिवारमा अचानक आर्थिक सङ्कट पर्यो । उनकी आमाको बाँच्ने आधार निभा नै थिइन् । उनलाई देखाउँदै मेरो सहारा यही हो भन्दै रुँदै सुनाउँथिन् । आमाका भक्कानिएका बोली र आँशुका वर्षाले निभाको कलिलो मस्तिष्कमा नराम्रो छाप बनायो । उनी बिस्तारै आफ्ना लागि भन्दा पनि आमाका लागि बाँच्नुपर्छ सोच्न थालिन् ।

समय बित्दै गयो । निभालाई उनकी आमाले नजिकैको सामुदायिक विद्यालयमा भर्ना गरिदिइन । निभा पढ्नमा निकै चाख दिन थालिन् । बिस्तारै पढाइले नै परिवारको अवस्था माथि ल्याउने प्रणका साथ अघि बढ्न थालिन् । हजुरबुबाको भत्ताले गुजारा चलेको परिवारमा आवश्यकता पनि निकै दुःखले पूरा हुन्थ्यो । निभा पछिका दुई साना साना भाइको जिम्मेवारी पनि थियो परिवारमा । आमालाई छोराछोरी कसरी हुर्काउने भन्ने पीर परिरहन्थ्यो । बुबा नभएपछि समाजले पनि निकै हेयको दृष्टिले हेर्न थाले । कहिल्यै कसैको आलोचना नसुनेकी उनकी आमाले छरछिकेकका विभिन्न टीकाटिप्पणी सुन्नुपर्ने भयो ।

समय बित्दै गयो । २०७० सालमा निभाले राम्रो अङ्क ल्याएर एसएलसी उत्तीर्ण गरिन् । १५ वर्षको उमेरमा उनले पहिलो सफलता हात पारिन् ।

तर परिवारको अवस्थाले एसएलसीपछि भने अन्योल बनायो । आफूभन्दा कम अङ्क ल्याउने साथीहरु पनि राजधानी जाने, विज्ञान, व्यवस्थापन, कानुन जस्ता विषय पढ्ने कुरा गर्थे तर उनको भने त्यो हिम्मत थिएन कारण पढाइ कमजोर भएर हैन । परिवारको आर्थिक अवस्था कमजोर भएर । उनलाई व्यवस्थापन विषय अध्ययन गर्ने मन थियो । तर समाजमा कुरा अर्कै हुन थालेछ । छोरी मान्छे, त्यही पनि बाबुबिनाकी अब किन धेरै पढाउन पर्यो र ? भन्ने छरछिमेकका कुरा सुनिन थाले । उनीहरुले निभाको बिहे गरिदिन आमा र हजुरबुबालाई उक्साउन थाले ।

घर, समाजमा यस्ता कुरा सुनिरहँदा पनि निभाले आफू पढ्न चाहेको कुरा गरिन् । तर आमा र हजुरबुबाले अब पढाउन नसक्ने भनेपछि उनी निराश बनिन् । उनलाई पढ्न नपाउने भएँ, बिहे हुने भयो भन्ने कुराले निकै पिरोल्न थाल्यो । उनले पढ्ने कुरा घरमा जिद्दी गरिरहिन । फकाउँदा फकाउँदा परिवारले नजिकैको सामुदायिक क्याम्समा पढाउने भयो तर त्यहाँ निभाले भनेझैँ व्यवस्थापन विषय भने पढाइ नहुने रैछ । उनलाई जसरी भए पनि काठमाडौँ गएर व्यवस्थापन नै पढ्ने ढिपी चढ्यो । उनलाई केही गर्नुपर्छ, पढ्नु पर्छ र यसका लागि राजधानी जानै पर्छ भन्ने लागेको थियो । भर्ना गर्ने समय अन्तिम समय सकिन लागिसकेको थियो । आफ्नो कुरा कसैले बुझेन भन्ने उनलाई लाग्यो । एक दिन उनले आमाको पाउजु निकालिन् र नजिकैको सुन पसलमा लगेर बेचिन् । उनले कसैलाई नभन्ने सर्त राखेर पसलेसँगै पौसा लिएर सीधै काठमाडौँको टिकट काट्ने ठाउँ पुगिन् । साँझ परिसकेको थियो । उनले बल्ल बल्ल एउटा अन्तिम सिट पाइन् । टिकट काटिसकेर उनी फेरि घर आइन् । उनलाई ज्वरो आइरहेको थियो । त्यसको पनि प्रवाह गरिनन् । उनले हातर हातर आफ्ना केही समान र एउटा सानो मेबाइल लिएर घरबाट निस्किन् । उनको गाडी पनि आयो र गन्तव्यतिर लागिन् । घरबाट कहिल्यै बाहिर कतै नगएकी निभालाई बाटोहरु अनौठा लाग्दै थिए । काठमाडौँमा उनीकी सानीआमा बस्ने उनलाई थाहा थियो । कलङ्की झरेर सानी आमाकैमा जान्छु भन्ने योजना नै बनाएकी थिइन् । निभा कलङ्की पुगिन् । उनको मोबाइलमा आमाको फान सायाँैँ पटक आइसकेको थियो तर उठाएकी थिइनन् । घरमा केही नभनी हिँडेकी निभालाई भित्रबाट एकदम डर लागिरहेको थियो भने झन झन घरबाट आएको फोनको वर्षातले अझै उनको मुटुमा रगतको गति बढ्न थालेको थियो । उनको अन्तरात्माभित्र आफूले आफैलाई अनेकौँ प्रश्नोत्तर गर्ने क्रममा कता कता आफूले ठूलो गल्ती गरेको जस्तो अनुभूति पनि भइरहेको थियो ।

धेरै सोचपश्चात उनले आमो १०२औँ कल उठाइन् । फोन उठ्न नपाउँदै आमाले हत्तपत्त सोधिन कहाँ छस् तँ ? रातभर कहाँ हो ? निभा केही बोल्न सकिनन् । बिस्तारै उनले भनिन् ‘आमा म काठमाडौँ जाँदैछु, म पढ्न चाहन्छु । धेरै पढेर हजुरका लागि केही गर्न चाहन्छु ।’ त्यतिकैमा घरमा रुवाबासी चल्यो । छरछिमेकीले गाउँघर सबै हल्ला गर्न भ्याए । निभा पोइला गएको हल्लासमेत फिँजाउन भ्याएछन् । उनले आमालाई स्पष्टीकणर दिइन् । आफू पढ्न गएको भन्ने कुरा बारम्बार सम्झाइन् । तर उनकी उनकी आमाले म बस रोक्न आउँदै छु भनेर बेहोस भइछन् । आमाको अवस्था देखेर निभा झन कारुणिक भइन् । बसमै रुन थालिन् र प्राथना गर्न थालिन आमालाई केही नहोस् भनेर । केही समयपछि हजुरबाले फोन गरेर एकदमै थर्काउनुभएछ निभालाई । ‘त जहाँ छस् त्यहीँ झर । म लिन आउँदै छु तँलाई । घरको अवस्था बुझे पनि उनी आफ्नो दृढताबाट पछि हट्नेवाला भने थिइनन् । पढ्न नपाउँदा पढन् भनेर सहर गएकी उनलाई समाजमा अनेक कुरा काटिएपछि झन केही गरेर देखाउने सोच आयो । उनले समाजलाई झन चुनौतीका साथ मान्छेको सोचलाई बदल्नुथियो । आफूमाथि लागिसकेको आक्षेप मेटाउनुथियो । आफूमाथि यो समाजले लगाएका आरोपलाई झुट सावित गर्नु झन् चुनौती थियो निभालाई । त्यसैले आफ्नो मोबाइलबाट काठमाडौ कलङ्की बस्ने सानीआमालाई हतार हतार फोन गरेर भनिन्, सानिमा मेरो मोबाइल अब अफ हुन्छ । म अहिले काठमाडौँको बसमा छु । पथलैया पुगिसकेको छु । प्लिज भोलि बिहान मलाई कलङ्कीमा लिन आउनुहोला । यति नभन्दै मोबाइल अफ भएछ । झन तनाव हुन थाल्यो उनलाई । सानीआमाले राम्ररी सुन्नुभयो कि नाई, भोलि लिन आउनुभएन भने मैले के गर्ने ? यस्ता अनेक प्रश्नहरु आफैसँग गर्न थालिन् । अन्ततः उनी सबैबाट सम्पर्कविहीन भइन् ।

तराईको गर्मीमा लगाउने पातलो कुर्तासुरुवाल, त्यसमाथि ज्वरोले कामिरहेको अवस्थामा बस जति जति उचाइमा गति लिँदै गइरहेको थियो, त्यति नै उनी चिसोले कामिरहेकी थिइन् ।

निभा कलेजकै होस्टेलमा बसेर पढ्न थालिन् । निकै मिहिनेत गर्न थालिन् । सुरुसुरुमा एकदम अफ्ठ्यारो लाग्थ्यो । जोकोही साथी वा शिक्षकलाई भेट्दा उनी आफूलाई नआएका कुराहरु सोध्न खोज्थिन् । जुनसुकै बखत पढ्न खोज्थिन् । किनभने जसरी पनि पहिलो परीक्षामा पास गर्नु नै थियो । उनले मिहिनेतको समय एकदम बढाउन थालिन् । एक दुई घण्टा मात्र सुतेर बिहान कलेज जान थालिन् ।

सोच्दा सोच्दै बिहान भयो । कलङ्की पनि पुगिन् । पुग्ने बितिकै सौभाग्यको कुरा, उनकी सानीआमा निभालाई लिन त्यहाँ आइपुगेकी रहिछन् । उनलाई घरबाट पनि फोने आएर बिहान ४ बजेदेखिनै आएर बसेकी रहिछन् । निभा आफ्नी सानीआमासँग कलङ्कीको डेरामा बस्न थालिन् । उपत्यकाका घनाबस्ती, नौलो मान्छेहरु देख्दा अनौठो लाग्थ्यो उनलाई । उनी त्यहाँ पुगेको पर्सीपल्ट निभाको हजुरबुबा काठमाडौँ आउनुभयो । जबरजस्ती घर लैजाने कुरा गर्नुभयो । कति गर्दा पनि उनी नफर्किने भएपछि उनलाई क्याम्पस भर्ना गरिदिए । त्यस कलेजमा भर्ना भइसकेपछि उनीभित्र खुसीको सीमा पार गर्याे । अर्काेतिर सपनाको सहर काठमाडौँमा भएर होला निभाको मनमा ठूला ठूला सपनाहरु पलाउँदै जानथाले । तर एकदमै चुनौतीको विषय के थियो भने, उनको पढाइको बेस एकदमै कमजोर थियो । किनभने दस कक्षासम्म सामुदायिक विद्यालयबाट पढेकी, अझै कुरा के हो भने उनी कक्षा १ देखि ७ सम्म एउटा विद्यालयमा पढिरहेकी थिइन् । तर ७ कक्षाको अन्तिम परीक्षा नदिँदै घरकाले अर्काे सामुदायिक विद्यालयबाट ८ कक्षाको जिल्ला स्तरीय परीक्षा दिन लगाएका थिए उनलाई । अङ्ग्रजीमा पनि कमजोर नै थिइन् तर काठमाडौँका निजी कलेजमा झन म्यानेजमेन्ट अङग्रेजीमै पढाउने हुनाले सबै विषयवस्तु बुझ्नु उनको लागि एकदमै गाह्रो तथा चुनौतीपूर्ण थियो । झन् घरबाट त्यस्तो अवस्थामा भागेर काठमाडौँ आएकीले उनलाई पढाइ राम्रो नगरे हजुरबाबाले घर लग्छु भन्ने सुन्दा झनै आफ्नो पढाइप्रति चिन्तित थिइन् ।

निभा कलेजकै होस्टेलमा बसेर पढ्न थालिन् । निकै मिहिनेत गर्न थालिन् । सुरुसुरुमा एकदम अफ्ठ्यारो लाग्थ्यो । जोकोही साथी वा शिक्षकलाई भेट्दा उनी आफूलाई नआएका कुराहरु सोध्न खोज्थिन् । जुनसुकै बखत पढ्न खोज्थिन् । किनभने जसरी पनि पहिलो परीक्षामा पास गर्नु नै थियो । उनले मिहिनेतको समय एकदम बढाउन थालिन् । एक दुई घण्टा मात्र सुतेर बिहान कलेज जान थालिन् । झन कक्षा कोठामा निदाइन्छ कि भनेर बाम भिक्स आँखामा दलेर जान्थिन् । समय बित्दै गयो, निभाले मिहिनेत गर्दै गइन् र पछि प्रथम त्रैमासिक परीक्षामा आफ्नो सङ्कायमै उत्कृष्ट अङ्क ल्याउन सफल भइन् । परीक्षाहरुमा राम्रो गर्न थालेपछि उनको एकजना सरले हजुरबाबालाई फोनमा सुनाउनुभएछ । ‘हजुरको नातिनीले एकदमै राम्रो गर्दै छे पढाइमा’ । त्यसपछि उनका घरकालाई उनी माथि विश्वास बढ्न थाल्यो । उनीहरुले आर्थिक कठिनाइको बाबजुद जसोतसो गरेर निभालाई दुई वर्ष प्लसटु पढाए । शिक्षकको श्रीमती उनकै गाउँको भएर, टोलछिमेकमा उनको बारेमा सकारात्मक कुराहरु भन्दा बल्ल टोलछिमेकका मान्छेहरुको निभाप्रति सकारात्मक सोच पलाउन थालेको थियो । यद्यपि ती दुई वर्ष सङ्कीर्ण सामाजिक मानसिकतामा भने उनी कुनै केटासँग भागेकी छे भन्ने नै रहेछ ।

उनले प्लसटु सकेर घर गइन । निभाले अब उच्च शिक्षाको क्रममा म भारतको दिल्ली गएर सीए अर्थात चार्टर्ड अकाउन्टेन्ट पढ्न चाहने बताइन् । त्यो सुनेर हजुरबाले एकदम थर्काउँदै ‘तँैले अब हामीलाई भिखारी बनाएर छोड्छेस्, हुन्न पढाइ लेखाइ, अब बिहे गर्दिन्छु’ । त्यसपछि उनले काठमाडौँमै पढ्ने भएर फर्किइन् । त्यसपछि कहिल्यै घरबाट खर्च मगाइनन् । उनले घरलाई पनि अब मैले हेर्नुपर्छ भन्ने लाग्न थाल्यो । निभाले काठमाडौँ पुगेर एउटा निजी विद्यालयमा पढाउनका लागि जागिर पाइन् । बच्चा कक्षालाई कम्प्युटर र ७, ८, ९ कक्षालाई अकाउन्ट पढाउन थालिन् । उनको मनबाट सीए पढ्ने सपना चाहिँ अझै हटेको थिएन । सीए पढ्नका लागि ट्युसन पढ्न उनीसँग पैसा चाहिँ थिएन । त्यसैले उता स्कुलमा पढाउँदै सीएका पुस्तक किनेर आफैले घरमै पढ्न सुरु गरिन् । पछि भारतीय बोड्र्काे सीएको परीक्षामा दर्ता न. लिई परीक्षा दिइन् । उनले दुईवटा खुड्किला पार गरिसकेकी थिइन् तर उनी अभागी रहिछन् । त्यसै समय नेपाल सीए बोर्डले भारत बोर्डबाट पढेकाले नेपालमा मान्यता पाउँदैनन्, नेपालमा जब गर्न पाउँदैन भन्ने निर्णय गरेछ । त्यसपछि उनी झन् चिन्तित भइन् र बाध्य भएर सीए छोडेर हार मानेर आरआर क्याम्पसमा ३ वर्षे स्नातकमा भर्ना लिइन् । हाल उनि बीए पढ्दै आफूले उत्तीर्ण गरेको दोस्रो चरणको सीएकै भरमा केही माइक्रोफाइन्यान्समा काम गर्दै आफू र आफ्नो परिवारको सहारा बनेकी छन् । उनले काठमाडौँमा आफ्ना दुईजना भाइलाई समेत राखेर पढाउँदै छिन् । एकजना प्लसटु सकेर इन्जिनियरिङको त्यारी गरिरहेको छ भने अर्काे भाइ प्लसटुमा अध्ययनरत छन् । उसको डाक्टर बन्ने ठूलो सपना छ । उनले जसरी भए पनि दुवै भाइलाई आआफ्नो उद्देश्य पूरा गर्न सदैव तयार रहेकी छिन् । निभाको अब सपना त्यति मात्र छ । बीएको अध्ययन सकेर एलएलबी र एमए अर्थशास्त्र गरेर एउटा कर्पाेरेट वकिल बन्नु, आर्थिक वकालत गर्नु, खुब पैसा कमाउन सक्नु, ताकि यो आर्थिक सङ्कटबाट गुज्रेको उनको परिवार उकास्नु छ । उनी सदैव आफ्नो परिवारका लागि छोरो जस्तै सहारा बनी आफ्नो आमाको सपना पूरा गर्दै आइरहेकी छन् । यो पुरुष प्रधान समाजमा उनी आफूलाई एउटा पुरुष झैँ सबै कुरामा बराबरी र क्षमतावान बनाई आफूजस्तै सारा नेपाली युवतीका लागि प्रेरणाका स्रोत बन्न चाहन्छिन् । राज्यको हरेक अङ्गमा महिला अगाडि आउन्, असल सोचका साथ प्रतिनिधित्व होस् भन्ने चाहन्छिन् ।

रातोपाटी बाट अमितकुमार यादवले लेखको

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया