मंगलबार, भाद्र १६, २०७७ || 633  पटक पढिएको

नेपाल कम्युनिस्ट पार्टीभित्र उपाध्यक्ष बामदेव गौतमले यु टर्न लिएपछि नयाँ राजनीतिक सम्भावना विकास भएको छ । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिएका ओलीले आज नयाँ कदम चाल्ने सार्वजनिक गरेर यु टर्न लिएका छन् ।

ओलीले बामदेवको राष्ट्रियसभामा गई सरकारमा उपप्रधानमन्त्रीसहित सहभागी हुने चाहनामा बेवास्ता गर्न लागेको संकेत दिएपछि नयाँ सम्भावना विकास भएको हो । ओलीलाई साथ दिदै आएका गौतमले आज यु टर्न लिएका छन् । उनले अचानक ओलीलाई अप्ठ्यारोमा पारिदिएका छन् ।

नेकपाभित्र कतिपय राजनीतिक नियुक्तिका विषयमा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच टकराव बढिरहँदा गौतमले नयाँ अस्त्र फालेर तरंग ल्याइदिएका छन् । यसले ओली र प्रचण्डबीचको विवादले नयाँ मोड लिन पुगेको छ ।

बामदेवले आफूलाई राष्ट्रियसभामा लाने पार्टी सचिवालयको विगतको निर्णय कार्यान्वयन हुनुपर्ने जिकिर गरेका छन् । गौतमको अभिव्यक्ति यस्तो बेलामा आएको छ जुन बेला नेकपा सचिवालय बैठक बस्ने तय भएको छ ।

नेकपाभित्र सहमतिको खाका तयार हुँदै गर्दा गौतमले नयाँ अडान कसेका छन् । उनले विगतमा छ बुँदे एकताको प्रस्ताव ल्याएर ओलीको सत्ता संकट टार्न मुख्य भुमिका खेलेका थिए । हिजो संकट टारेका उनका कारण फेरि ओलीमाथि नयाँ संकट बढ्ने सम्भावना छ । तर, गौतम जुनसुकै बेला फरक निर्णय गर्ने नेता हुन् । उनको यही चरित्रले अस्वाभाविक परिस्थिति निर्माण हुन सक्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!