किन राख्ने मङलबार को ब्रत: जसको मंगल ग्रह खराब चलिरहेको हुन्छ य जिवन मा कुनै कुरा पनि राम्रो भैरहेको हुदैन तेस्ता ब्यक्ति ले मगलबार को ब्रत राखेमा सुभ हुन्छ।यो ब्रत हनुमान जि लाई प्रसन्न गर्न का लागी गरिन्छ।अन्‍य देवी देवता जस्तै हनुमान जि को पुजा या ब्रत बस्न पनि बिसेस बिधि र तरिका हुन्छ जसको प्रयोग गर्दा उचित फल प्राप्त हुन्छ।

यसरी गरौ पुजा:मगलबार को पुजा गर्न बिहानै नुहाएर इसान कोण यानि उत्तर-पूर्व मा कुनै स्‍वच्‍छ स्थान मा हनुमान जि को मुर्ति स्थापना गरौ। मुर्ति को अगाडी घिउ को दियो जलाई चमेलि को तेल छर्केउ र रातो या पहेलो फुल को माला चडाउ।

तेस्पस्चात हनुमान चलिसा को पाठ गरेर सबै लाई प्रसाद बाडौ र भोजन दिन मा एक पटक मात्र गरौ।रात मा पुनह पुजा गरौ।हनुमान् जि लाई सिन्दुरि रङ को कपडा चडाउ र दान गरौ,यो ब्रत मा गहु र गुड बाट बनेको मात्र भोजन गरौ।एक पटक मात्र र नुन को प्रयोग नगरौ।रातो बस्त्र चडाउ र धारण गरौ।

यो पनि पढ्नुहोस् :विशेषतः मंगलबारको दिनलाई गणेश भगवानको दिन भनिन्छ । मंगलबार गणेशको पुजा गरेमा कार्यसिद्दी हुन्छ भन्ने आम हिन्दुजनहरुको विश्वास रहेको छ । हिन्दु धर्म अनुसार गणेश भगवानको महिमा अपरम्पार रहेको छ ।

भगवान शिव र पार्वतीका पुत्र गणेशको पुजा आराधना विधिसम्मत गर्ने हो भने तँपाई हाम्राे जिवन पनि सुखी र खुुसी हुन्छ । हरेक भगवानको पुजा आजा गर्दा गणेश भगवानको पुजा शुरुमा गर्नुपर्दछ । भनिन्छ नि कुनै कार्यको शुरुवात गर्नुलाई नै श्रीगणेश गर्ने भन्नेबाट पनि यो कुरा पुष्टी हुन जान्छ ।

प्रायः जसो तिलको लड्डु चढाएर साथै फुल,जल र अक्षतासहित गणेश भगवानको पुजा गरिन्छ । गणेश भगवानलाई खुसी पारी आफ्नाे कार्य सिद्दी गर्नको निमित्त गणेश भगवानको पुजाको लागि पूर्ण तयारी गर्नुका साथै तोकिएको विधी अवलम्वन गर्नुपर्दछ ।

१ गणेश भगवानको फोटो वा मूर्ती तयार पार्नुहोस २ गणेश मन्दीर मै जानुहून्छ भने तिलको लड्डु तयार गर्नुहोस ३ स्नान गरी चोखो, सफा सुग्घर बन्नुहोस ४ पुजाको लागि आवश्यक सफा जल, जाै, तिल फुल र अक्षता एकै ठाउँमा संग्रह गर्नुहोस

पुजा गर्ने विधि १ सुरुमा मूर्ती अथवा फोटोको अगाडि पवित्र मनले दियो जलाई दिनुहोस २ दियो जलाई सकेपछी भगवानलाई मनपर्ने तिलको गुलियो लड्डु चढाई दिनुहोस ३ महिला भक्तजन भएमा आफ्नाे सारी अर्थात सलले पुजा समयमा आफ्नाे शिर छोप्नुहोला ४ अब अगरबत्ती जलाई त्यसलाई हातमा लिएर गणेश भगवानलाई विभिन्न सुगन्ध सहित पुजा आराधना गर्नुहोस

५ फूल अक्षता साथै पातिहरु अगरबत्ती बालेर आराधना गरीसकेपछी चढाईदिएर पुजा गर्नुहोस ६ गणेश मन्त्र उच्चारण माथि पहिलो चरणबाटै गर्नुपर्नेछ, अब मन्त्र उच्चारण गर्दै गणेश भक्ती गाईरहनुहोस ७ तपाँईको मनमा गणेश भगवान भएको कल्पना गर्नुहोस,आखाँ बन्द गरेर गणेश भगवान आफुसंगै भएको महसुस गर्नुहोस

८ गणेश भगवानसँग बोल्नुहोस, केहि इच्छीत कुरा भए माग्नुहोस,र तपाँई उहाँको भक्त भएको भान गराउनुहोस९ भगवानको शिरमा टिका लगाईदिई आफुपनि लगाउनुहोस र अरुलाईपनि लगाईदिनुहोस १० सम्पूर्ण भक्तजन साथै स्वयम् आफैले प्रसाद लिनुहोस, खुवाउनुहोस

माथि उल्लेखीत विधि अपनाएर गणेशको पुजा गर्दा पक्कै कार्यसिद्दी हुनुका साथै तँपाईले जिवनमा सोचेका सबै कुरा पुरा हुनमा सहयोग पुग्नेछ तपाँई हामी पनि आज मंगलबार कार्यसिद्दी विनायक गणेश भगवानको पुजा आराधना गरौ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!