प्रधानमन्त्री केपी शर्मा ओली यसै हप्ता मन्त्रीमण्डल पुर्नगठनको तयारीमा लागेका छन् । उनले यसका लागि गृहकार्य भइरहेको खुलासा गरिसकेका छन् ।

१८ भाद्रमा बस्ने सचिवालय बैठकले विवाद समाधानको खाकालाई टुंगोमा पुर्याएमा मन्त्रीमण्डल पुर्नगठन हुन्छ । कोभिड १९ को जोखिमका कारण भनी केही दिन पछि सारिएको बैठक फेरि सारिने त होइन भन्ने आशंका नभएको होइन । यसो भएमा केही मन्त्रीहरुको अझै केही दिन पदमा बस्न पाउनेछन् ।

प्रधानमन्त्री ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षधरबाट मन्त्रीको नामलिष्ट आउँदा भरसक आफूलाई सघाएकाहरुकै होस् भन्ने चाहना राखेको बुझिएको छ । सत्ता संकटमा दुवै पक्षका केही सांसदहरु पार्टी विभाजन जोगाउने भन्दै मध्यमार्गी बाटोमा लागेका थिए । उनीहरुबाट अप्रत्यक्ष रुपमा ओलीलाई साथ मिलेको थियो ।

मन्त्री बन्नेमा कार्यदलमा रहेकामध्येका भीम रावल, सुरेन्द्र पाण्डे, जर्नादन शर्मा र पम्फा भुषाल हुने पक्कापक्की छ । जर्नादन शर्माले ओलीलाई अप्रत्यक्ष रुपमा सघाउने भुमिका खेलेका थिए । भीम रावल पछिल्लो समय ओलीको विरोध गर्न छाडे । सुरेन्द्र पाण्डे प्रायः मौन नै बसे ।

महासचिव विष्णु पौडेलले पनि चाहना राखे उपप्रधानमन्त्री सहित मन्त्री बन्नसक्छन् । नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्रीसहित मन्त्री बनेमा पौडेललाई वरियतामा माथि राख्ने तयारी पनि भएको छ । पौडेलले ओलीलाई सत्ता संकटमा निकै साथ दिएका थिए । बामदेवलाई मिलाउन उनैले भुमिका खेलेका थिए ।

कस्ले कुन मन्त्रालय पाउने भन्नेबारे घनिभुत छलफल बढेको छ । विशेषगरी ओली र प्रचण्डले यसबारे छलफल बढाएका छन् । मन्त्रिमण्डल सेट नै परिवर्तन गरौं भन्ने सम्ममा समेत कुरा चलेको बुझिएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले सांसद मनोनित हुने सम्भावना टरेको छैन । बामदेव गौतम राष्ट्रियसभामा मनोनित हुने सम्भावना लगभग टरेकाले युवराजको भाग्योदय हुनसक्छ । नभए अन्य उपाय गरेर भएपनि युवराजलाई ल्याउने तयारीबारे कानुनी परामर्श थालिएको छ । ओलीले सार्वजनिक रुपमै खतिवडाको कामको प्रशंशा गरेका छन् ।

प्रधानमन्त्री ओली मुख्यमन्त्री नफेर्ने पक्षमा उभिएका छन् । छवटा प्रदेशमै उनका निकटस्थहरु मुख्यमन्त्री छन् । कसैलाई पनि नफेर्ने ओलीले बताइसकेका छन् । फेर्ने भए अर्को चुनाव कुर्न भनिदिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!