केपी ओली नेतृत्वको कम्युनिस्ट सरकार कतिसम्म भ्रष्टाचारमा डुबेको छ भन्ने ज्वलन्त उदाहरण ७० करोड घुसकाण्ड बनेको छ ।

दूरसञ्चारको ठेक्का प्रकरणमा तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटाले एजेन्ट विजय मिश्रसँग ७० करोड रुपैयाँ घुस मागेको अडियो क्लिप्स बाहिरिएको थियो । बहालवाला मन्त्रीले नै घुस मागेको अडियो बाहिरिएपछि गत वर्ष फागुन ६ गते सञ्चारमन्त्री बास्कोटाले पदबाट राजीनामा दिएका थिए ।

उनले आफूले घुस नमागेको प्रस्टीकरण पनि दिएका थिए । बास्कोटा प्रधानमन्त्री ओलीका अति विश्वासपात्र थिए । सरकारले गरेका कामको बचाउ गर्ने काम उनले नै गर्दै आएका थिए ।

त्यति मात्र होइन, बास्कोटा प्रधानमन्त्री ओलीको बालकोटस्थित निवासमा बस्दै आएका थिए । हालै मात्र उनी आफ्नो नयाँ घरमा सरेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले भक्तपुरको एउटा क्याम्पसको मुद्दामा ८० लाख घुस लिएको र पछि फिर्ता गरेको अडियो सार्वजनिक भएको थियो । जसमा उनी कारबाहीको भागीदारसमेत बने ।

उनीविरुद्ध कारबाही गर्न प्रमाण पर्याप्त भयो । तर, अहिले त्यस्तै प्रकृतिको मुद्दामा प्रमाण नपुगेको भन्दै बास्कोटालाई चोख्याउने प्रपञ्च भइरहेको छ । त्यसका लागि दैनिक पत्रिकासमेत प्रयोग भएका छन् ।

बास्कोटालाई उन्मुक्ति दिन अख्तियारले भित्रभित्रै तयारी गरिरहेको तथ्य सार्वजनिक भइसकेको छ । त्यति मात्र होइन, अब हुने मन्त्रिपरिषद् पुनर्गठनमा बास्कोटालाई फेरि सञ्चारमन्त्री बनाउने प्रधानमन्त्री ओलीको तयारी छ ।

त्यसकै लागि घुसकाण्डको अडियो सार्वजनिक गर्ने एजेन्ट विजय मिश्रलाई कारबाहीको तयारी हुँदैछ । उनलाई मुख्य अभियुक्त घोषणा गर्ने कम्युनिस्ट सरकारको योजना छ ।

प्रधानमन्त्री ओली जब जब आफ्ना सरकारका मन्त्री भ्रष्टाचार वा अनियमिततामा मुछिन्छन्, तबतब प्रस्टीकरण दिन टेलिभिजन अन्तर्वार्तामा आइपुग्छन् ।

उनले अहिलेसम्म एकजना भ्रष्ट मन्त्रीलाई कारबाही गर्न सकेका छैनन् । बरु उनीहरूको संरक्षण र बचाउ गर्दै आएका छन् ।

उपप्रधानमन्त्री ईश्वर पोखरेल, खानेपानी मन्त्री विना मगर, श्रममन्त्री रामेश्वर राय यादव, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल जो जनतामा गन्हाइसकेका छन्, तिनीहरूको रक्षाकवचमा ओली देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!