भारतीय विदेशमन्त्री एस जयशंकरले भारत र चीनलाई वास्तविक नियन्त्रण रेखा (एलएसी) मा शान्ति चाहिएको हो भने पछिल्ला सम्झौताहरुलाई पलना गर्नुपर्नेमा जोड दिएका छन् ।

हिन्दुस्तान टाइम्ससँगको कुराकानीमा जयशंकरलाई ‘पूर्वी लद्दाखमा तनावको स्थिति कस्तो छ ?’ भनेर प्रश्न गरिएको थियो । जवाफमा जयशंकरले भने, ‘हामी कूटनीतिक र सैन्य माध्यमबाट चीनसँग सम्पर्कमा रहेका छौँ । हाम्रो दृष्टिकोणमा दुई कुरा अनिवार्यरुपमा शामेल छ । एक, सन् १९९३ देखि हामीले समय–समयमा चीनसँग केही सम्झौता गर्दै आएका छौँ जसअनुसार वास्तविक नियन्त्रण रेखामा दुवै पक्षले न्यूनतम बल तैनाथ राख्नुपर्छ । अहिले यो स्थिति छैन । किनभने चीनले ठूलो संख्यामा एलएसीमा सैना तैनाथ गरेको छ । हामीले बुझ्न सकिरहेका छैनौँ कि किन यस्तो भइरहेको छ ? स्पष्टरुपमा यदि हामी सीमामा शान्ति चाहन्छौँ भने हामीले ती सम्झौताहरुलाई पालना गर्नैपर्छ ।’

‘दोस्रो, म मान्छु कि एलएसीलाई लिएर हाम्रो धारणामा केही अन्तर छ । तर, फेरि पनि दुई देशमा कुनै एक देशले एकतर्फीरुपमा यथास्थितिलाई बदल्ने प्रयास गर्न सक्दैन । यो ती सम्झौताको कारणले हो । स्वभाविकरुपमा यदि तपाईंले शान्तिलाई प्राथमिकता दिनुभएन भने यस्ता मुद्दा उठ्छन् ।’

‘दुई देशमध्ये कसले स्थितिलाई सही ढंगले बुझ्न सकेको छैन ?,’ भन्ने प्रश्नमा जयशंकरले भने, ‘यहाँ कयौँ कुरालाई बुझ्नुपर्छ जसले ‘बिग पिक्चर’ लाई स्पष्ट गर्दछ । जस्तो चीनको उदय कसरी भयो र उसले विश्वलाई कुन नजरले हेर्दछ ? भारतको विकास कसरी भयो र आज हामी कहाँ छौँ ? साथै, अमेरिका जसको स्थान पछिल्लो दशकमा बदलिएको जसको भारत–चीन लगायत पूरा विश्वमा असर परेको छ । चीनले यो समयमा आफूलाई पूरै बदलेको छ भने भारतले धेरै उन्नति गरेको छ । चीनजस्तै भारतका पनि आफ्नै महत्वकांक्षाहरु छन् । त्यसैले हामीले मध्यमार्गीको बाटो पहिचान गर्न आवश्यक छ । हामीले एक अर्काको ध्यान राख्नुपर्छ र एक अर्काको लागि स्थान बनाउनुपर्छ । तर, हालमा जे भएको छ, त्यसलाई हेर्दा यो त्यति सजिलो छैन ।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!