ब्राह्मण महासभाले आफ्नो प्रतिनिधिको माध्यमले आम जनसमुदायलाई कोरोनाबाट बच्न आवश्यक स्वास्थ्य सामग्री वितरण गरेको छ ।

अन्यदेश सरह नेपालमा पनि कारोना संक्रमण बढीरहेको बेला संक्रमणवाट बच्न महासभाका संगठनमा रहेका पदाधिकारीका साथै अन्य गरीबहरुका लागि १० हजार मास्क, ५सय सेनिटाइजर र फेस सिल्ड वितरण गरिएको हो ।
जनकपुरधाम उपमहानगरपालिका ७ स्थित निर्माण भइरहेको मैथिल सांस्कृतिक अध्ययन केन्द्र स्थलमा वितरण गरिएको सो कार्यक्रममा २२ गाउँपालिका र जनकपुरधामको सबै वडाका ब्राह्मण प्रतिनिधिहरुको सहभागिता रहेको जनाइएको छ ।

कोरोना भाइरसबाट बच्न अनिवार्य मास्क लगाउनका साथै सामाजिक दूरी बनाउन समारोहमा महासभाका अध्यक्ष भगवान झाले आग्रह गर्नुभयो । घरबाट ननिस्कन समेत ब्राह्मण सहित सम्पूर्ण धनुषावासीलाई उहाँले आग्रह गर्नुभयो ।
यसप्रकारको मास्क र सेनिटाइजर अन्य जिल्लामा पनि वितरण गरिने महासभाको योजना रहेको छ ।
महासभाले नेपाल पत्रकार महासंघ धनुषालाई पनि एन ९५ मास्क १०० थान, २५ थान फेस सिल्ड र ५० थान सेनिटाइजर प्रदान गरेको छ । सक्रिय पत्रकारहरु बढी जोखिममा रहेकाले सो सामग्री प्रदान गरिएको छ ।

 

यो संस्थाले विगतका दिनहरुमा सामुहिक व्रतबन्घ,मधुश्रावण्नी,विचार गोष्ठि लगायतका कार्यहरु गराउदै आएका थिए । तर, विश्वभर महामारीको रुपमा फैलिएको कोभिड १९ का कारण सो कार्यहरु यस वर्ष स्थगित गर्नुपरेको महासभाका अध्यक्ष भगवान झाले जानकारी दिए । उनले सो कार्य गर्न असफल भएकै कारण यो वर्ष स्वास्थ्य सामग्री वितरण गरेको बताए ।

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!