नेपाली मौलिक गीत संगीतको क्षेत्रमा स्थापित गायिका पुर्णकला विसी र गायक सुरज थापाको आवाजमा ”पैसाको अभाव ” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ ।

पैसाको अभावमा धन कमाउने सपना बोकेर विदेश गएका हजारौ नेपाली युवाको जिवन भोगाईलाई गीतमा समेटिएको छ । साहु सगँ ऋण लिएर परदेशी भुमीमा परदेशी भुमीमा श्रम गर्न विवश हजारौ युवाको बास्तविक कथालाई गीतमा समेटिएको छ ।
रोशन पोखरेल र इन्द्र दाहाल शिशिरको शब्द सिर्जना तथा सन्तोष पौडेलको लय सिर्जना गीतमा रहेको छ । गीतको शब्द तथा भाव अनुसारको एरेन्ज कृृष्ण केसीले गरेका छन । सुशिल डाँगी र राहुल राईको छायाँकन , अविनास डिसीको सम्पादन तथा रविन शाहको निर्देशन भिडियोमा रहेको छ । ”पैसाको अभाव ” गीतको भिडियोमा सारिका केसी , जय देवकोटा ,शेखर दाहाल र बाल कलाकारको भुमीकामा प्रिन्सा खड्का र चन्दन शाहीको अभिनय रहेको छ ।
”पैसाको अभाव ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया