शनिबार, भाद्र १३, २०७७ || 975  पटक पढिएको

धुनषामा गएराति नेपाल–भारत सिमावर्ती क्षेत्रमा प्रहरी र तस्करबीच झडप भएको छ ।

शुक्रबार राति विदेह नगरपालिकास्थित दुहबीमा तस्कर र प्रहरी बीच झडप हुदाँ हवाई फायर समेत भएको छ । २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय धनुषाको संयुक्त टोलीले नेपालबाट भारत तस्करी गर्न लागेको छहरा छापामारी गर्न गएको बेला प्रहरी टोलीमाथि तस्करको एक समूहले ढुंगामुढा गरेको थियो ।

प्रहरी उपरिक्षक बस्नेतले पिकअपमा करिब एक सय बोरा मटर भारततर्फ तस्करी भइरहेको सूचना पाए लगत्तै १५ जनाको संख्यामा पुगेको प्रहरी टोलीमाथि तस्करका स्थानीय सहयोगीहरुले सिमावर्ती क्षेत्र अवस्थित दशगजामा पुगेर ढुंगामुढा गर्न थालेपछि बाध्य भएर प्रहरीले हवाइ फायर गर्नुपरेको बताए ।

धनुषाका प्रहरी उपरिक्षक रमेश बस्नेतको कमाण्डमा गएको टोली माथि अचानक प्रहरीमाथि ढुंगामुढा भएपछि केहि समयका थप बलको प्रतिक्षामा रहेका प्रहरीहरु पछाडी हटेका थिए । सोही क्रममा स्थानीय राजीव महासेठले सिमानाका तर्फको दुहबीमा रहेको वस्तीबाट करिब दर्जनौँ भारतीयहरुलाई ल्याएर लुकाई छिपाई राखिएको करिब १ सय बोरा छहारा, ८० बोरा कालो मरिच, २ सय बोरा मटर भारत तर्फ भित्र्याइएको थियो ।

महासेठका सहयोगीहरुले प्रहरीमाथि ढुंगामुढा गरिरहेकै बेला मटरसहित पिकअप नेपाल–भारत सिमानाका हुँदै पार गरेको स्थानीयवासीहरुको भनाई छ ।

महासेठले अवैधानिकरुपमा नेपालबाट भारत तर्फ रक्सी, मटर, मरिच, सेव लगायतका सामग्रीहरु ठुलो परिमाणमा तस्करी गर्ने गरेको छ भने भारत तर्फबाट खानेतेल, चिनी, मलखाद्य, रजनीगंधा, दुधको पाउडरको पोका लगायतका किराना सामग्री नेपालतर्फ भित्र्याउने गरेको छ ।

स्थानीय महासेठले मटर तस्करीमा संलग्न रहेको सूचना प्रहरीले पाएपछि उनको घरमा छापा मार्दा केहि पनि फेला परेन ।

झडपमा कसैलाई पनि केहि नभएको उनले बताए ।

२ नम्बर प्रदेश प्रहरी कार्यालय, प्रदेश नम्बर २ का टोलीले विदेह नगरपालिकास्थित वडा नम्बर १ बस्ने लियाकत कवाडीको घरमा रहेको ३० बोरा मटर छापामारी पक्राउ गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!