उत्तरकोरियाली ह्याकरहरुले अमेरिकी भर्चुअल मुद्राका खाताहरु ह्याक गरेर लाखौं डलर निकालेका छन् । अमेरिकी न्याय विभागका अनुसार उत्तरकोरियाली ह्याकरले लाखौं डर निकालेको पत्ता लागेपछि अदालतमा मुद्दा दायर गरिएको छ । यो घटनालाई लिएर वाशिंगटनस्थित संघीय अदालतमा मुद्दा दायर गरिएको छ । यसमा ह्याकरहरुले २८० भर्चुअल मुद्रा खाताहरु जफत गरेको आरोप लगाइएको छ । भर्चुअल मुद्रालाई डिजिटल मुद्राका रुपमा चिनिन्छ । त्यहाँ यो खालका बिटकोइन जस्ता मुद्रा कुनै पनि बैंक वा सरकारद्वारा सञ्चालित हुँदैनन् । अमेरिकामा भने धेरै कम्पनीहरुले विटकोइन डिजिटल मुद्राहरुलाई प्रयोग(स्वीकार) गर्ने गरेका छन् ।

यो मुद्दा यस्तो समयमा दायर गरिएको छ, जुन केही महिनाअघि अमेरिकी न्याय विभागका अधिकारीहरुले उत्तरकोरियाली ह्याकरहरुले २५ करोड डलर बराबरको भर्चुअल मुद्रा चोरी गरेको आरोप लगाएका थिए । त्यसमध्ये २ चिनियाँ ह्याकहरुलाई पनि सो आरोप लगाइएको थियो । न्याय विभागका सहायक महान्याधिवक्ता जोन डेमर्सले यो घटनालाई गम्भीर साइबर अपराधको घटनाका रुपमा लिनुपर्ने बताए ।

रुसी ह्याकरले टेस्ला कारखानालाई निशाना बनाए
अमेरिकी विशाल इलेक्ट्रिक कार निर्माता कम्पनी टेस्लाले रुसी ह्याकरहरुले नवाडा कारखानामा छिर्ने प्रयास गरेको आरोप लगाएको छ । सो कम्पनीका सीईओ एलोन मास्कले शुक्रबार रुसी ह्याकरहरुले उक्त प्रयास गरेको आरोप लगाएका हुन् । यसभन्दा पहिले अमेरिकी अधिकारीहरुले टेस्लाका कर्मचारीहरुसँग मिलेर कम्पनीको नेटवर्कमा शंकाष्पद गतिविधि गरेको आरोपमा रुसी नागरिकलाई गिरफ्तार गरेका थिए ।

न्युजिल्यान्डको शेयर बजारमा साइबर आक्रमण
उता, न्युजिल्यान्डको शेयर बजारमा साइबर आक्रमण गरिएको छ । न्युजिल्याण्डमा यो हप्ता निकै धेरै साइबर आक्रमण भएका कारण शेयर बजार व्यवसाय अवरुद्ध भएको अन्तर्राष्ट्रिय सञ्चामाध्यामहरुले जनाएका छन् । त्यहाँको सरकारले यो विषयमा गम्भीर अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!