शुक्रबार, भाद्र १२, २०७७ || 998  पटक पढिएको

यदी कुनै फिल्ममा भिलेन भएन भने त्यो फिल्म हेर्नको मज्जा नै आउदैन । यद्यपि बलिउडमा यस्ता केही अभिनेता छन्, जसले भिलेनको भूमिकालाई न्याय दिएका छन् । धेरैलाई उनीहरुका सन्तान के गर्छन् भन्ने चासो पनि छ, जुन चासोको जवाफ यहाँ दिइएको छ ।

सबैभन्दा हेण्डसम खलनायकको रुपमा परिचित कबीर बेदीले कैयौं फिल्ममा आफ्नो अभिनयका कारण दर्शकको मन जितिसकेका छन् । कबीरका छोरा एडम एक अन्तर्राष्ट्रिय मोडल हुन् । उनले बलिउडमा आफ्नो डेब्यू ‘हेलो ? कौन हे’बाट शुरु गरेका थिए ।

बलिउडमा झन्डै चार सय बढी फिल्ममा अभिनय गरिसकेका बलिउडका ब्याड मेन अर्थात् अभिनेता गुलसन ग्रोबरका छोरा सन्जय ग्रोबर मेट्रो गोल्डविन मेयरसँगै स्पेशल प्रोजेक्ट्सको निर्देशकका रुपमा काम गर्छन् । जुन एक प्रमुख अन्तर्राष्ट्रिय स्टुडियो हो ।
नेपालकै पहिलो ६ लेनको पुल कस्तो छ त हेर्नुहोस भिडियोमा ।

अभिनेता दलीप ताहिललाई फिल्म ‘इश्क’, ‘बाजीगर’, ‘कयामत से कयामत तक’ जस्ता फिल्मबाट चिन्न सकिन्छ । उनका छोरा ध्रुव ताहिल एक अभिनेता हुन् र उनी लण्डनमा मोडलिङ गर्छन् ।

बलिउडका गब्बर अमजद खानका छोरा शादाब खानले फिल्म ‘राजाकी आएगी बारात’मा रानी मुखर्जीका साथ डेब्यू गरेका थिए । उनले आफ्नो पिताको पाइलालाई पछ्याउदै एक कैसानोवाको नकारात्मक भूमिका निभाए ।

एक भारतीय स्टण्टमेन र ६० को दशकदेखि ८० को दशकसम्मको एक्सन कोरियोग्राफर एमबी सेठ्ठीका छोरा रोहित सेठ्ठी एक निर्देशक हुन् । रोहितले ‘गोलमाल’, ‘चेन्नई एक्सप्रेस’, ‘दिलवाले’ र ‘सिंघम’ जस्ता फिल्म निर्देशन गरे ।

रजा मुराद प्रख्यात र बहुमुखी अभिनेतामध्ये एक हुन् । जसले ‘प्रेम रोग’, ‘मेहन्दी’ र ‘राम तेरी गंगा मैली’ जस्ता फिल्ममा अभिनय गरेका थिए । उनका छोराको नाम अली मुराद हो ।

धेरै कमलाई मात्र थाहा होला कि म्याक मोहन एक क्रिकेटर बन्नका लागि मुम्बई आएका थिए, तर उनी एक अभिनेता बने । म्याकले ‘शोले’मा साम्बाको भूमिका निर्वाह गरे । जुन भूमिका अहिले पनि प्रख्यात छ । मेकले मिन्नीसँग विवाह गरे । उनको दुई छोरी र एक छोरा छन् । छोरा विक्रान्त माकीजन्य पछिल्लोपटक फिल्म ‘द लास्ट मार्बल’मा देखिएका थिए ।

अभिनेता सुरेश ओबरोयले बलिउडमा नकारात्मक र सकारात्मक दुवै भूमिकामा न्याय दिए । उनका अभिनेता छोरा विवेक ओबरोय बलिउडका लोकप्रिय अभिनेता हुन् ।

करिब चार दशकदेखि बलिउडमा भिलेनका रुपमा स्थापित कलाकार हुन् डेनी डेन्जोङपा । उनले ‘अग्निपथ’, ‘हम’, ‘घातक’, ‘खुदा गवाह’लगायतका फिल्मबाट आफूलाई चर्चित बनाए । उनका छोरा रिन्जिङ पनि चाँडै नै बलिउडमा डेब्यू गर्ने तयारीमा छन् ।

अभिनेता शक्ति कपूर बलिउडमा परिचय गराइरहनु नपर्ने कलाकार हुन् । उनका छोरा सिद्धान्त कपूर फिल्म ‘हसिना पार्कर’मा देखिएका थिए । जहाँ उनले दाउद इब्राहिमको भूमिका निर्वाह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!