स्वास्थ्यको कारण देखाउँदै जापानका प्रधानमन्त्री सिन्जो अबेले राजीनामा दिएका छन् । उनले आफ्नो कार्यकाल पूरा गर्न नसकेकोमा जापानका जनतासँग माफी मागेका छन् । आफ्नो रोगका कारण निर्णय क्षमतामा बाधक नबोस् भनेर आफूले राजीनामा दिएको उनले प्रष्ट पारेका छन् । आफू लामो समयदेखि अल्सरेटिभ कोलाइटिस रोगबाट पीडित रहेको र पछिल्लो समय स्वास्थ्य अवस्था जटिल बनेको उनले जानकारी दिए । यो हप्ता मात्र ६५ वर्षीय अबे लगातार सबैभन्दा लामो समय पदमा रहने जापानी प्रधानमन्त्री बनेका थिए । उनले सन् २०१२ देखि सत्तामा रहँदै आएका छन् । यसअघि पहिलो कार्यकालका दौरान उनले सन् २००७ मा प्रधानमन्त्री पदबाट यही रोगका कारण राजीनामा दिएका थिए । ठूलो आन्द्रामा हुने यो समस्याबाट अबे युवाअवस्थाबाट नै पीडित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!