बालिका बलात्कारको आरोपमा पक्राउ परेका पालुङटार नगरपालिका–४ का वडा अध्यक्ष ठाकुरकान्त रानाभाट पुर्पक्षका लागि कारागार चलान भएका छन् । साउन १६ गते १५ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा रानाभाटलाई प्रहरीले पक्राउ गरेको थियो ।बिहीबार गोरखा अदालतका न्यायाधीश रमेशकान्त अधिकारीको इजालासले रानाभाटलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको श्रेस्तेदार विनोद अधिकारीले बताए ।