बिहिबार, भाद्र ११, २०७७ || 694  पटक पढिएको

जबरजस्ती करणी गरेको अभियोगमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । मुस्ताङको १५ वर्षीया बालिकालाई ललाई फकाई जबरजस्ती करणी गरेको अभियोगमा वारागुङ मुक्तिक्षेत्र बस्ने रुकुम घर भएका टेक प्रसाद सुनार पक्राउ परेका हुन् । सुनारले ती बालिकालाई मंगलबार ललाई फकाई जबरजस्ती करणी गरेका थिए । उनलाई जिल्ला प्रहरी कार्यालय मुस्ताङ र ईलाका प्रहरी कार्यालय मुक्तिनाथबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाएको छ ।

त्यस्तै भक्तपुरमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुर औद्यौगिक क्षेत्र बस्ने मोरङ घर भएका शृजन रायलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ती किशोरीलाई २०७६ माघ २६ गते भक्तपुर महानगरपालिका दुधपाटीस्थित गेष्ट हाउसमा लगेर जबरजस्ती करणी गरी फरार रहेका थिए । फरार भएका रायलाई खोजी गर्ने क्रममा महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले भक्तपुर महानगरपालिका औद्यौगिक क्षेत्रबाट पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!