मसलाको रुपमा प्रयोग गरिने ल्वाङमा औषधीय गुणहरू प्रशस्त हुन्छन् ।एन्टिअक्सिडेन्ट, ‘एन्टी इफ्लेमेटरी’ गुण, पोटासियम र भिटामिन ‘ए’ पाएने ल्वाङको असर तातो हुन्छ, जसकारण चिसो, रुघाखोकी तथा पिनासमा फाइदा गर्छ ।
ल्वाङ राखेको चिया पिउनाले चिसो तथा रुघाखोकी र पिनासको समस्याबाट राहत पाउँन सकिन्छ । हरेक दिन खाना खाएपछि ल्वाङ खाने उर्दा यसले रोग प्रतिरोधीक्षमतालाई वृद्धि गराएर रोगहरूबाट छुट्कारा दिलाउन मद्दत पुर्याउँछ ।
दैनिक एउटा ल्वाङको सेवन गर्दा मुखमा थुक अर्थात् सलाइवा बढी उत्पादन हुन्छ, जसले खानालाई पचाउन मद्दत गर्छ । ल्वाङको सेवनले एसिडिटी तथा ग्यास्ट्रिकको समस्या हुन दिँदैन ।ल्वाङले शरीरमा खराब कोलेस्ट्रोलको मात्रालाई कम गरेर मुटुसम्बन्धी रोग लाग्नबाट जोगाउने गर्छ । ल्वाङले शरीरबाट कमजोरीपन हटाएर तत्कालै ऊर्जा दिने गर्छ ।
ल्वाङमा पाइने ‘एन्टी इफ्लेमेटरी’ गुणले दातको दुखाइलाई कम गर्छ । दाँत दु’खेको खण्डमा ल्वाङ दाँतमा च्याप्ने गर्दा वा यसको तेल कपासमा लगाएर दु’खेको ठाउँमा राख्दा दुखेको ठाउँमा आराम हुन्छ ।ल्वाङको सेवनले छालालाई नरम र चम्किलो बनाउनुका साथै, चाउरि पर्न दिँदैन । त्यस्तै, आँखाको ज्योतिलाई कायम राख्न, मुखभित्र आउने घाउ खटिरालाई निको पार्न पनि सहयोग पुर्याउँछ ।यात्रा गर्दा वा’कवाकी आउने समस्या हुन्छ भने ल्वाङको सेवन फाइदाजनक हुन सक्छ ।