बिश्वब्यापी रुपमा फैलिएको काेराेना भाईरस का कारण यातायात क्षेत्रमा सवारी चालक का रुपमा काम गर्दे आएका ४ घर परिवार मा अहिले साँझ बिहान हातमुख जाेडन समस्या पर्ने थालेको छ । मोरङको रंगेली नगरपालिका ८ स्थित बसपार्क नजिकै बसाेबास गर्दे आएका गंगाबहादुर श्रेष्ठ का ४ परिवारलाई अहिले हातमुख जाेडन निकै समस्या परेको छ । ६ महिना अगाडि देखि यातायात बन्द हुदा आफ्नो घरमा रहेको चामल , तेल ,दाल लगायत का सामाग्री हरु सक्किए पछि उनी हरु काेे घरमा चुलाे बाल्न निकै समस्या परेको हाे । ६ महिना यता आफु हरु ले केही मात्रामा जाेहाे गरेर राखेको खाधन्य सकिन थाले पछि थप समस्या परेको छ । उनी हरु ले अहिले दुई छाक टार्ने का लागि गाउँ घरमा समेत ऋिण गरेर समेत लिई सकेकाे र अब पुनः ऋिण माग्ने समेत ठाउँ नरहेको र घर पनि भाडामा रहेकाेे हुनाले अहिले सम्म घर धनी ले समेत भाडा असुलि नगर्न आएकाे र बन्दा खुल्ने बितिकै घर भाडा लिन आए पनि आफु संंग नभएको गंगा श्रेष्ठले बताए ।
अहिले ४ परिवार काे घरमा खाधन्य सामाग्री नहुदा छाेरा छाेरी हरु लाई कसरी पालनपोषण गर्नु भन्दै मीन तिवारी ले बिलाैना गरिरहेका छन । त्यसैगरी साेहि स्थान बस्ने मुना कठेत काे पनि बिलाैना कम छैन उनी भन्छिन छाेरा रंगेली बिराटनगर सडकमा चल्ने सवारी सह चालक काे काम गरेर दैनिकी आमा,र भाइ बहिनी हरु लाई जसाे त्यसाे गर घर परिवार सन्चालन गरेता पनि६ महिना देखि सार्बजनिक यातायात ठप्प हुदा थप घरमा खाधन्यकाे समस्या परेको दुखेसो पाेखिन । उक्त गाउँमा अनन्द राजवंशी , मीन तिवारी , मुना कठेत र गंगा श्रेष्ठ का परिवालाई अहिले परिवारलाई पालनपोषण गर्ने निकै समस्य परेको उनी हरु बताउँछ ।उनी हरु भन्छन राेग लाग्ने डरले भन्दा पनि भाेक लागेर चाहि मरिने हाे कै भन्दै आइ रहेका छन । कसैकाे सानै झुपडीमा बस्दै आएता पनि काेहि भने घर भाडा लिएर बस्दै आईरहेका छन । यस्तो परिवारलाई अहिले खाधन्य काै निकै समस्या परिरहेको उनी हरु बताउँछन् ।