बिहिबार, भाद्र ११, २०७७ || 590  पटक पढिएको

पाँचथर र झापाका २ स्थानमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । बुधवार दिउँसो साँढे ४ बजेको समयमा पाँचथरको याङवरक गाउँपालिका-४ बस्ने ४५ बर्षीय श्री प्रसाद काम्बाङको करेन्ट लागेर मृत्यु भएको हो । आफ्नै घरमा बिद्युतको तार सर्ट भई बनाउने क्रममा अचानक करेन्ट लागेर घाईते भएका काम्बाङलाई उपचारको लागी जिल्ला अस्पताल पाँचथर ल्याईएकोमा उपचारको क्रममा बेलुका ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । यसैगरी झापाको अर्जुनधारा नगरपालिका-३ खुदुनावारी बस्ने २८ बर्षीया अन्जता राईको करेन्ट लागेर मृत्यु भएको छ । बुधवार अपरान्ह पौने ६ बजे आफ्नै घरमा पंखा चलाउने क्रममा अचानक करेन्ट लागेर घाईते भएकी राईलाई उपचारको लागी बि.एण्ड.सी. अस्पताल बिर्तामोड लैजाने क्रममा बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!