बुधबार, भाद्र १०, २०७७ || 1691  पटक पढिएको

अवैध लागुऔषध कारोबारीलाई पछ्याउँदै जाँदा छोप्ने क्रममा गोली प्रहार भएको छ । रुकुम पश्चिमको मुसीकोट नगरपालिकाको वडा नम्बर ४ ठाराढुंगामा मंगलबार बेलुका रुकुमपूर्वको प्रहरीले लागुऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा गोली प्रहार गरेको हो ।

प्रहरीको चाइनिज पेस्तोलबाट प्रहार गरिएको गोली लागेर मुसीकोट नगरपालिका ११ का २५ वर्षीय निर्मल पुन घाइते भएका छन् । कम्मरमुनि ताकिएको गोलीले पुनको झन्डै अण्डकोष उडाएको थियो । उनलाई जिल्ला अस्पताल सल्लेमा सामान्य उपचार गरेर थप उपचारका लागि नेपालगन्ज पठाइएको छ । घाइते पुनसँगै सोही वडाका ३५ वर्षकी लक्ष्मी पुनलाई पनि प्रहरी पक्राउ गरेको छ भने २८ वर्षका जयप्रकाश पुन भागेका छन् ।

कन्ट्रोल डेलिभरीका क्रममा रुकुम पूर्व र रुकुम पश्चिमको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गर्न खोज्दा प्रहरीमाथि नै हातपात प्रयास गरेकाले गोली प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ । यसअघि रुकुम पूर्वमा अफिमसहित पक्राउ गरेकाहरुको बयानको आधारमा कारोबारी पछ्याउँदै रुकुम पूर्वको प्रहरी टोली रुकुम पश्चिमसम्म आएको थियो । जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वबाट प्रहरी निरीक्षक दिनेश गुरुङको कमाण्डमा आएको प्रहरी टोलीले लागुऔषध कारोबारीको पिछा गरेर पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!