मंगलबार, भाद्र ०९, २०७७ || 1022  पटक पढिएको

बलिउड अभिनेता सन्जय दत्त अहिले एक गम्भीर रोगसँग जुधिरहेका छन् । केहि दिन पहिले उनलाई फोक्सोको क्यान्सर भएको रिर्पोट आएको थियो । आजसम्म सन्जय दत्तले मुम्बईको कोकिलाबेन अस्पतालमा रोगको उपचार गराइरहेका थिए ।

उनका केही दिन अघि त सन्जुको केहि फोटो र भिडियो पनि बाहिर आएको थिए । जसमा उनकी पत्नी मान्यता दत्त, बहिनी प्रिया र नम्रताको साथमा कोकिलाबेन अस्पतालमा देखिएका थिए ।

सन्जय दत्त अब फोक्सोको क्यान्सरको उपचारको लागि तुरुन्तै अमेरिकाको न्युर्योक जाने भएका छन् । उनले अमेरिका जानलाई भिजा अप्लाई गरीरहेको एक श्रोतले जनाएको छ । १९९३ मा मुम्बईमा ब्लास्टर मा सहभागी भएको कारण सन्जयलाई भिजामा समस्या आएको थियो । तर सन्जयका साथीले मेडिकल ग्राउन्डको आधारमा ५ वर्षको भिजा मिलाउन सहयोग गरेका थिए । सन्जय मान्यता र बहिनीको साथमा अमेरिका जान खोजेका छन् । सन्जयले अमेरिकाको मेमोरियल स्लोन केटरिङ क्यान्सर सेन्टरमा उपचार गर्नेछन् । जहाँ उनकी आमा नरगिस दत्तको प्याङक्रियाज क्यान्सरको उपचार गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!