पोखरा महानगरपालिका वडा नं. ३२ लामेआहालमा एक शव वेवारिसे अवस्थामा फेला परेको छ । बिहान साढे सात बजेतिर प्रतिक्षालयमा कपडाले छोपिएको अवस्थामा फेला परेको उक्त शव अन्दाजी ४०–४५ वर्षीय महिलाको रहेको प्रहरीले जनाएको छ । महिलाको पहिचान खुलेको छैन् । शवको मुख, नाक र कानबाट समेत रगत बगेको देखिएको छ ।
स्थानियहरुले बिहानै प्रहरीलाई खबर गरेपछि प्रहरीले शवको मुचुल्का गरि पोष्टमाटमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको छ ।उनको मत्युको कारणबारे पोष्टमाटम रिपोर्ट पछि मात्र थाहा हुने प्रहरीले बताएको छ । स्थानियहरुले भने त्यस्तो प्रकारको हुलिया भएकी महिला यसअघि सो क्षेत्रमा नदेखेको बताएका छन् ।शवको साथमा पुरुषको कपडा पनि फेला परेको छ । घट्नाका सम्बन्धमा थप अनुसन्धान थालिने कास्की प्रहरीले बताएको छ ।

https://youtu.be/gSL8_iusNzg

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!