मंगलबार, भाद्र ०९, २०७७ || 497  पटक पढिएको

नेकपाको छ सदस्यीय कार्यदलले दुईजना अध्यक्षलाई हालै बुझाएको प्रतिवेदनको बुँदा नं. १६ मा विभिन्न नेताको नाममा रहेका प्रतिष्ठान वा संघ,संस्थाको गतिबिधिलाई नियमन गर्नुपर्ने उल्लेख छ । कार्यदलले आगामी एक महिनाभित्र त्यस्ता प्रतिष्ठान वा संघ,संस्थाको सम्पूर्ण पक्ष अध्ययन गरी प्रतिवेदन पेश गर्न स्पष्ट कार्यादेशसहितको अर्को कार्यदल बनाउनसमेत नेतृत्वलाई सुझाव दिएको छ ।

प्रतिवेदनमा भनिएको छ ‘पार्टीका विभिन्न नेताका नाममा विभिन्न प्रतिष्ठान वा संघसंस्था परिचालित छन् जसमध्ये अधिकांश गुटबन्दीको माध्यम बन्दै गएका छन् । गुटबन्दी रोक्न प्रतिष्ठानहरूलाई नियमन गर्नुपर्ने र त्यसका लागि पार्टीले नै ती संस्थाहरूमा नेता तथा कार्यकर्ताहरूको संलग्नता र तिनको आर्थिक स्रोत तथा क्रियाकलापका बारेमा तथ्यपरक जानकारी प्राप्त गनुपर्ने छ ।’

कार्यदलले प्रतिवेदनमा त्यस्ता प्रतिष्ठान वा संघ, संस्थाहरूको बारेमा थप लेखेको छ ‘ती संस्थाहरूमा पार्टीका नेता, कार्यकर्ता वा सदस्यहरूको संलग्नताको स्वरूप निश्चित गर्न प्रतिष्ठानहरूको सञ्चालन,व्यवस्थापन तथा नियमन विधि निश्चित् गर्न एक महिनाभित्र प्रतिवेदन दिने गरी स्पष्ट कार्यादेशसहितको कार्यदल गठन गर्ने । कार्यदलको प्रतिवेदन प्राप्त भएपश्चात् त्यसउपर छलफल गरी आवश्यक निर्णय लिने र तबसम्म यस्ता सँस्थाको नाममा हुने गरेका गतिविधि रोक्ने ।” त्यसोभए अब मदन भण्डारी फाउण्डेशन,पुष्पलाल प्रतिष्ठानको नाममा हाल भइरहेका र आगामी दिनमा हुने गतिबिधि ठप्प होला ? कथम् त्यस्ता गतिबिधि नरोकिएको अवस्थामा कसले कहाँ उजुरी गर्ने ? उजुरी कसले सुन्ने ? अनि कारबाही कसलाई गर्ने ?

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!