पाँच महिना पाराग्वेस्थित एक घरमा आफ्नो दाई रोबर्टो एसिससँग नजरबन्द रहेका रोनाल्डिन्हो अब घर फर्कन पाउने भएका छन् । देशमा प्रवेश गर्नका लागि नक्कली पासपोर्ट प्रयोग गरेको आरोपमा गत मार्चमा दुई जनालाई पक्राउ गरिएको थियो । अप्रिलमा दुईजनाको तर्फबाट वकिलले १.६ करोड डलर धरौटी बुझाएपछि उनीहरुलाई जेलबाट सारेर मुद्दाको सुनुवाइ हुँदासम्म एक होटलमा नजरबन्द गरिएको थियो । दोषी ठहर भएमा दुई जनाले ५ वर्षसम्म जेल सजाय भोग्नुपर्ने हुन्थ्यो । तर, दुवैले नक्कली पासपोर्ट प्रयोग गरेको स्वीकार गर्दै जरिवाना रकम तिरेका छन् । यसमा रोनाल्डोले ९० हजार डलर र एसिसले १ लाख १० हजार डलर जरिवाना रकम तिरेका हुन् । एसिसको पाराग्वेमा आपराधिक रेकर्ड रहनेछ भने रोनाल्डिन्होको रहनेछैन । एसिसले दुई वर्षसम्म ब्राजिल छाड्न पाउनेछैनन् र २४ महिनाको अन्तरालमा समय–समयमा रियो दि जनेरियोका अधिकारीहरु सामु उपस्थित हुनुपर्नेछ । बार्सिलोना, एसी मिलान र पीएसजीका पूर्वस्टार रोनाल्डिन्हो अब चाहेको समयमा ब्राजिल फर्कन पाउनेछन् । एक प्रचारात्मक कार्यक्रममा पाराग्वे पुगेका दुई दाजुभाईले सुरुमा नक्कली पासपोर्ट प्रयोग गरेको कुरा अस्वीकार गर्दै आएका थिए । पक्राउ परेपछि उनीहरुले ३२ दिन जेलमा बिताएका थिए । अप्रिलको अन्त्यतिर सम्म पनि एक टेलिभिजन अन्तरवार्तामा रोनाल्डिन्होले उनी र उनको दाईलाई पासपोर्ट नक्कली भएको थाहा नभएको बताएका थिए । केही समयअघि रोनाल्डिन्होले जेलमा फुटबल खेलेको भिडियोहरु भाइरल बनेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!