हिपमत डटकम
काठमाडौँ ,२७ पौष :इरानको राजधानी तेहरानमा सयौँको सङ्ख्यामा प्रदर्शनकारीहरू युक्रेनी विमान खसालिएको विषयमा झुट बोलेको भन्दै सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका छन्।कम्तीमा दुई वटा विश्वविद्यालयमा प्रदर्शन भएको र अश्रुग्याँस प्रहार गरिएको बताइएको छ।अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ‘प्रेरणादायी’ प्रदर्शनको समर्थन गर्दै ट्विट गरेका छन्।इरानले शनिवार “भुलवश” त्यो विमान खसालेको स्वीकार गरेको थियो। तीन दिन अघि भएको सो दुर्घटनामा १७६ जनाले ज्यान गुमाएका थिए।किएभका लागि उडेको विमान उडेको केही समयमै खसालिएको थियो।इरानले इराकस्थित अमेरिकी सैनिकहरू बसेका दुई वटा आधार शिविरमा क्षेप्यास्त्र आक्रमण गरेको केही घण्टापछि नै उक्त विमान दुर्घटना भएको थियो।जनवरी ३ मा अमेरिकी ड्रोन आक्रमणमा इरानका सैन्य नेता कासिम सुलेमानी मारिएपछि इरानले अमेरिकाविरुद्ध हमला गरेको थियो।विमान दुर्घटनामा इरान, क्यानडा, युक्रेन, यूके, अफगानिस्तान र जर्मनीका नागरिकहरूको मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!