केहि महिनाअघिबाट सोसियल मिडियामा देखिएको एउटा अ श्ली ल भिडियोमा कलाक्षेत्रमा सक्रिय रहेकी रेखा लिम्बूसँग जोडिएकोमा उनी नरहेको स्पष्ट पारेकी छिन् । उक्त भिडियोको पात्र आफू नरहेपछि ढुक्क रहँदारहँदै आफन्त, शुभचिन्तकहरूमा बाराम्बार फैलिएको र दिनहुँ आउने फोनकलहरूलाई स्पष्ट पार्न उनले एक वक्तव्य निकाल्दै आफू र परिवारलाई मा न सि क त ना व नदिन आग्रह पनि गरेकी छिन् । भिडियोसंग नाम जोडेर नचाहिदो तरिकाले अनावश्यक प्रचार गरिएको दुखित तुल्याएको बताएकी छिन् ।हुँदै नभएको कुरामा मलाई स्पष्टीकरण दिई राख्नुपर्ने आवश्यकता त थिएन तर पनि बारम्बार मलाई यहि कुरामा मेरो आफ्नो नाम जोडेर मानसिक तनाव दिने कार्य अहिलेसम्म पनि बन्द नभएको कारणले गर्दा मैले आफ्नो धारणा पेश गरेकी हुँ ।’ उनले वक्तव्यमा उल्लेख गरेकी छिन् । ‘खाएको विष पो लाग्छ तर मलाई खादै नखाएको विष जबर्जस्ती खुवाएर मेरो च रि त्र ह त्या गर्न खोजिदैछ ।’ आफन्तले ‘आफ्नै होला र त चुप लाग्यो’ भनिदिएकाले नै वक्तव्यमार्फत स्पष्टीकरण दिन आएको उल्लेख गरेकी हुन् ।
‘चिनिया, कोरियन, थाइल्याण्डका युवतीहरूसँग नेपाली मंगोलियन युवतीहरूको अनुहार मिल्ने भएकोले आफूजस्तै देखेकोहरूले अपवाह फैलाएका हुन् ।’ रेखाको स्पष्टीकरण थियो । चिनजानकै साथीभाईहरूले शुरुमा तिमीजस्तै भनेर देखाएको र होइन भनेर प्रष्ट पार्दा त्यसको केहीदिनपछि आफन्त तथा समुदायमा पुगेको पनि रेखाले जनाएकी छिन् । तसर्थ आफूजस्तै कुनै युवतीको भिडियो फेला पारेर नियोजित रूपमा आफूलाई बद्नाम गर्न लागिपरेको उनको भनाई छ ।
विज्ञप्तिमा उल्लेख छ –‘केहि समय अगाडी भाईरल भएको अ श्ली ल भिडियोमा नायिका तथा मोडल रेखा लिम्बुको नाम जोडिएर सोसियल मिडियामा प्रचार प्रसार गरिएको कुरा प्रती हामी प्रदेश न १ का चलचित्रकर्मीहरू को गम्भीर ध्यान आकर्षण भएको छ । यो बिषयमा हामीले मिति असार २९ गते नै आफ्नो धारणा सहितको बिज्ञप्ति निकाली सकेका छौ । उक्त अ श्ली ल भिडियोमा देखिएको ब्यक्ति रेखा लिम्बू नभएको कुरा हामी पुन स्पष्ट पार्न चाहन्छौ ।’ यस विषयमा ईलाका प्रहरी कार्यलय धरानमा साईबर कानुन अन्तरगत साउन २ गते नै उजुरी पनि गरिसकेको विज्ञप्तिमा उल्लेख छ ।
सोसियल मिडियाको दुरूपयोग गर्दै यसप्रकारले कसैको पनि च रि त्र ह त्या गर्नेहरू विरुद्ध सम्पूर्ण प्रदेश नं. १ का चलचित्रकर्मीहरू एकबद्ध भएर लाग्ने जानकारी पनि गराएको छ । कोभिड –१९ को कारण भच्र्युअल वैठकमा सरसल्लाह गरेर विज्ञप्ति निकालिएको पनि जनाएको छ । चलचित्रकर्मी महासंघ, प्रदेश नं. १ का अध्यक्ष अरुण कुमार प्रधान, वरिष्ठ कलाकार प्रेम सुब्बा, किशोर सम्बाहाम्फे, थारु चलचित्र तथा संस्कृतिक संघका अध्यक्ष परशुराम चौधरी लगायत मोरङ, सुनसरीका अध्यक्ष, चलचित्र कलाकार संघका अध्यक्ष आदिको सहभागितामा विज्ञप्ति निकालिएको छ ।