हिपमत डटकम

कपिलवस्तु पौष २७ :कपिलवस्तु जिल्ला प्रशासन कार्यालयले सुर्तीजन्य पदार्थ सेवन गरेर आउने सेवा ग्राहीलाई कार्यालय प्रवेशमा रोक लगाएको छ । स्वच्छ, सफा र राम्रो वातावरण बनाउने नीति अनुरूप कार्यालय परिसरमा सुर्तीजन्य पदार्थ सेवन गर्न रोक लगाइएको हो ।
यस्तो काम नगर्न कार्यालय परिसरमा सुचना टाँस गरिएको छ । सुचनाको बर्खिलाप काम गर्नेलाई कारबाही गरिने प्रशासकीय अधिकृत मनोज शैनीले बताए । जिल्लाका विभिन्न कार्यालयहरूमा कार्यालय भित्र कर्मचारी र सेवाग्राहीले पान, गुट्खा र सुर्ती खाएर जथाभाबी थुक्ने र फोहर गर्ने हुँदा दुर्गन्ध बढेको छ । यसले कार्यालय परिसरलाई नै फोहर बनाई रहेको थियो ।
त्यसलाई नियन्त्रण गर्न सुरुमा प्रशासन कार्यालयबाट अभियान चलाएको उनले बताए । अन्य कार्यालयमा सुर्तिजन्य पदार्थ सेवन गरेर आउने सेवाग्राहीलाई सचेत गराई सरसफाइको अभियान चलाउने निर्देशन दिएको उनले बताएका छन् । सुर्तिजन्य पदार्थको सेवनले स्वास्थ्यलाई बेफाइदा गर्नुको साटो खर्च बढाइरहेको हुन्छ । जताततै फोहर र दुर्गन्ध बढाउँछ ।
यसले वातावरणलाई प्रदूषित गर्ने हुँदा सरसफाइ प्रति सचेतना जगाउन सुर्तीजन्य पदार्थ सेवनलाई निरुत्साहित गर्न अभियान चलाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रशासनका अभियानपछि सेवा लिन आउनेहरू सुर्तिजन्य पदार्थ खाएर आउन कम भएको बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!