गृह मन्त्रालयले कोरोना महामारी जोखिम नियन्त्रण, रोकथाम र उपचारमा संलग्न स्वास्थ्यकर्मी तथा राष्ट्रसेवक कर्मचारीमाथि दुर्व्यवहार गर्नेलाई कानुनी कारबाही गर्न निर्देशन दिएको छ ।

कोरोना सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि सबैको सहयोग र सामूहिक प्रतिबद्धताको आवश्यकता औँल्याउँदै मन्त्रालयले उपचारमा संलग्न स्वास्थ्यकर्मी तथा सङ्क्रमित कसैप्रति दुव्र्यवहार गरेमा कानुनी कारबाहीको चेतावनी दिएको हो ।

त्यस्तै मन्त्रालयले कोरोना सङ्क्रमण जोखिम रोकथाम तथा नियन्त्रणका लागि सरकारबाट भएका निर्णय तथा निर्देशनको प्रभावकारी कार्यान्वयन गर्न ७७ वटै जिल्लामा संयुक्त अनुगमन टोली परिचालनको व्यवस्था मिलाएको छ ।

कोरोना सङ्क्रमणको जोखिम बढ्न नदिन काठमाडौँ उपत्यकाका तीनवटा जिल्लासहित ४८ जिल्लामा निषेधाज्ञा जारी छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!