दक्षिण कोरियामा मार्च पछि एकैदिन कोरोनाका सबैभन्दा धेरै संक्रमित फेला परेका छन् । राजधानी सोलको एक चर्चबाट सुरु भएको संक्रमण तीब्र रुपमा फैलिरहेको छ । यो चर्चका सदस्यले राजनीतिक प्रदर्शनमा पनि भाग लिएका थिए ।

द कोरियन सेन्टर फर डिजीज कन्ट्रोल एन्ड प्रिभेन्सन (केसीडीसी) का अनुसार पछिल्लो २४ घण्टामा ३ सय ९७ नयाँ संक्रमित फेला परेका छन् । यस्तै अघिल्लो दिन ३ सय ३२ नयाँ संक्रमित थपिएका छन् । पछिल्लो एक हप्तामा प्रतिदिन सयभन्दा बढी संक्रमित देखिएका छन् ।

दक्षिण कोरियामा हालसम्म १७ हजार ३ सय ९९ संक्रमित भेटिएका छन् जबकी यहाँ हालसम्म ३ सय ९ जनाको मृत्यु भइसकेको छ । आइतबारदेखि सरकारले राजधानी सोलभन्दा बाहिर पनि दोस्रो स्तरको प्रतिबन्ध लागू गरेका छन् । साइबर क्याफे, नाइटक्लब बन्द गरिएका छन् भने चर्चमा एक–अर्कासँग भेट गर्न पनि रोक लगाइएको छ ।

स्वास्थ्य अधिकारीले तेस्रो स्तरको कडा प्रतिबन्ध लगाउने स्थिती पनि निम्तन सक्ने सम्भावना व्यक्त गरेका छन् । यसमा स्कूल र व्यापारिक प्रतिष्ठान बन्द गरिनेछ । सरकारले मानिसहरुलाई घुमफिर नगर्न सल्लाह दिएको छ ।

स्रोतः बीबीसी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!