अन्डरवर्ल्ड डन दाउद इब्राहिमको घर कराँचीमा भएको र उनीमाथि आर्थिक प्रतिबन्ध लगाइएको पाकिस्तानले एक सूचना जारी गर्दै जानकारी दिएको छ ।

यद्यपि, पाकिस्तानी विदेश मन्त्रालयले यो कुनै नयाँ सूचना नभएको बताएको छ ।

१८ अगस्टमा जारी भएको सूचनाको विषयमा स्थानीय पत्रकारले पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता जाहिद चौधरीले भने, ‘१८ अगस्ट २०२० मा पाकिस्तानले जुन एसआरओ (आधिकारिक सूचना) जारी गरेको छ त्यसले यो प्रमाणित गर्छ कि यसअघि जारी गरिएको एसआरओ पनि एक प्रक्रिया अनुरुप नै थिए । तसर्थ प्रतिबन्धित सूची वा प्रतिबन्ध उपायमा कुनै परिवर्तन भएको छैन ।’

पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ताले भने, ‘दुई संयुक्त एसआरओलाई १८ अगस्ट २०२० मा जारी गरियो जुन तालिबान, आइएस र अलकायदालाई संयुक्त राष्ट्रको प्रतिबन्ध सूचीमा स्थान दिने वर्तमान स्थितीलाई देखाउका लागि थियो । यस्ता एसआरओ समय–समयमा सार्वजनिक भइरहन्छन् । यस्तै एसआरओ कानूनी आवश्यकता र अन्तर्राष्ट्रिय जिम्मेवारीसहित विदेश मन्त्रालयले पनि प्रकाशित गर्छ । पछिल्लो एसआरओ सन् २०१९ मा प्रकाशित गरिएको थियो ।’

प्रवक्ताले भने, ‘यो एसआरओमा संयुक्त राष्ट्रद्वारा प्रतिबन्ध व्यक्ति र संगठनको जानकारी छ । मिडियाका केही तप्काले पाकिस्तानले यी रिपोर्टमार्फत् नयाँ प्रतिबन्ध लगाएको जुन सही नभएको बताइरहेका छन् । यस्तै दाबी भारतीय मिडियाका केही तप्काले पनि एसआरओको आधारमा पाकिस्तानले केही मानिसहरुलाई आश्रय दिइरहेको बताइरहेको छ जुन आधारहीन र भ्रामक हो ।’

पाकिस्तानी विदेश मन्त्रालयले हालै सार्वजनिक भएको सूचनामा संयुक्त राष्ट्र सुरक्षा परिषद्ले जुन व्यक्ति र संगठनमाथि आर्थिक, यात्रा प्रतिबन्धलगायत लागू गरेका छन् पाकिस्ताने ती व्यक्ति र संगठनको सम्पत्ति, बैंक अकाउन्ट नोटिस नगरीकनै जफत गरेको जानकारी दिएको छ ।

पेरिसस्थित फाइनेन्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) ले पाकिस्तानलाई जून २०१८ मा ग्रे लिस्टमा राख्दै पाकिस्तानले सन् २०१९ सम्म यी संगठन र मानिसहरुमाथि कारवाही गर्न भनेको थियो ।

दाउदका कति ठेगानाः

पाकिस्तानी विदेश मन्त्रालयद्वारा जारी सूचनामा सन् १९९३ मा मुम्बईमा भएको श्रृङ्खलाबद्ध बिस्फोटका मुख्य आरोपी दाउद इब्राहिमको ठेगाना क्लिफ्टनको ह्वाइट हाउसको रुपमा दर्ता छ । यसबाहेक दाउदको कराँचीमा अन्य दुई स्थानको पनि कुरा गरिएको छ ।

साथै यसमा दाउदका थुप्रै नामबारे पनि जानकारी दिइएको छ । उनको जन्म महाराष्ट्रको रत्नागिरीमा भएको थियो र उनको भारतीय पासपोर्ट रद्द गरिएको भनेर पनि यो सूचीमा जानकारी दिएको छ ।

पाकिस्तान सरकारले १८ अगस्टमा सूचना जारी गरेको थियो जसमा ८८ चरमपन्थी संगठन र मानिसहरुमाथि लगाइएको आर्थिक प्रतिबन्धको जानकारी थियो ।

स्रोतः बीबीसी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!