आइतबार, भाद्र ०७, २०७७ || 662  पटक पढिएको

सरकारको महत्वाकांक्षी आयोजना भित्र पर्छ, राजापुरको कर्णाली नदी नियन्त्रण तथा व्यवस्थापन आयोजना।

तर सरकारले अर्बौं खर्च गरेको आयोजनाको बाँध नदीले भत्काउँदा राजापुरवासी र सुरक्षाकर्मी श्रमदान गरेर बस्ती बचाउन बाध्य छन्।एक सातादेखि स्थानीय निरन्तर बोरा र तारजाली लिएर खटिएका छन्। आयोजना प्रमुख धर्म न्यौपाने लामो समयदेखि कार्यालयमा छैनन्।

बुधबार कर्णालीले कटान गरेको ठाउँको स्थलगत अनुगमनमा पुगेका सहायक प्रमुख जिल्ला अधिकारी गणेशविक्रम शाहले नदी कटानको जोखिमबारे आयोजना प्रमुख न्यौपानेसँग जिज्ञासा राख्दा उनले अनभिज्ञता प्रकट गरे।‘म आज (बुधबार) आएर सबै कुरा बुझ्दैछु। अब आयोजनाले केही गर्न सक्दैन। जनश्रमदान गर्नुपर्छ जस्तो लाग्छ,’न्यौपानेले भने,‘नाइलनको बोरा त आयोजनाले उपलब्ध गराएको छ।’

दुई सातादेखि कर्णाली नदीले कटान तीव्र बनाएपछि राजापुरवासी रातभर जाग्रम बसिरहेका छन्।

सरकारी लगानीमा निर्माण भएका लन्चिङ, स्पट, स्पर र बाँध तटबन्धको आयु २५ वर्ष हो। नदीमा बाढी नआएको अवस्थामा लन्चिङ, स्पट, स्पर र बाँधसहितको तटबन्ध ५० वर्षटिक्ने प्राविधिक बताउँछन्।तर यहाँ काम गुणस्तरहीन भएको पुष्टि भएको छ। निर्माण भएको तीन वर्ष नबित्दै तटबन्ध कतिपय ठाउँमा भत्किएको छ भने कतिपय ठाउँमा नदीले बगाइसकेको छ।

यसअघि आयोजना प्रमुखको जिम्मेवारी सम्हालेका न्यौपाने दुई वर्ष कर्णाली आयोजनामा कार्यरत थिए।त्यतिबेला आयोजनाको काम सत्ताधारी नेताको संरक्षणको उपभोक्तामार्फत गराउन थालेपछि उनको चर्को आलोचना भएको थियो। राजानीतिक संरक्षणमा पुनःसरुवा भएर आएका न्यौपानेको लापरबाहीले राजापुरक्षेत्रका बस्तीमा कर्णाली पस्ने खतरा बढेको स्थानीयको भनाइ रहेको आजको नागरिक दैनिकमा खवर छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!