भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतका पूर्व प्रधानमन्त्री राजिव गान्धीलाई श्रद्धाञ्जलि व्यक्त गरेका छन् । पूर्व प्रधानमन्त्री स्वर्गीय गान्धीको ७६ औँ जन्म दिनको अवसरमा प्रधानमन्त्री मोदीले उनको स्मरण गर्दै उनीप्रति श्रद्धाञ्जलि दिएका हुन् ।

प्रधानमन्त्री मोदीले आज आफ्नो ट्वीटर अकाउन्टमार्फत उनलाई श्रद्धाञ्जलि दिएको भारतीय मिडियाले जनाएका छन् ।सन् १९४४ अगष्ट २० मा जन्मिएका भारतीय काँग्रेस पार्टीका नेता राजिव गान्धी सन् १९८४ मा भारतको प्रधानमन्त्री बनेका थिए । उनी भारतको सबैभन्दा कम उमेरका प्रधानमन्त्री पनि थिए ।

सन् १९९१ को मेमा उनको हत्या भएको थियो ।उनलाई आज भारतीय काँग्रेसले पनि स्मरण गरेको बताइएको छ ।-एएनआई/Photo: Agency

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!