बिहिबार, भाद्र ०४, २०७७ || 770  पटक पढिएको

काठमाडौं महानगरपालिका–१६ माछापोखरीबाट ‘मेड इन युएस’ लेखेको २ थान पेस्तोल, २ थान म्यागजिन र पेस्तोलमा प्रयोग हुने १० राउन्ड गोलीसहित नुवाकोट शिखरबेसी–६ बस्ने २७ वर्षीय विकेश पण्डित पक्राउ परेका छन् । काठमाडौं अपराध महाशाखाबाट प्रहरी उपरीक्षक होविन्द्र बोगटीको कमाण्डमा खटिएको विशेष टोलीले उनलाई बुधबार पक्राउ गरेको हो ।

पण्डितसँगकाे प्रारम्भिक सोधपुछका क्रममा पेस्ताेल ओसारपोसार गराउन लगाउने नुवाकोट लिपु गाउँपालिका–१ का २८ वर्षीय अमर तामाङलाई पनि प्रहरीले पक्राउ गरिएको छ । प्रहरी निरीक्षक भोलाकुमार भट्टको कमाण्डमा खटिएको टोलीले जिल्ला प्रहरी कार्यालय नुवाकोटसँगको समन्वयमा तामाङलाई नुवाकोटस्थित घरबाटै पक्राउ गरी काठमाडौं टेकुस्थित अपराध महाशाखा ल्याएर अनुसन्धान थालेको छ । तामाङ डाँका मुद्दामा ६ वर्ष २ महिना कैद भुक्तान गरेर गत फागुनमा छुटेका व्यक्ति भएकाे प्रहरीले बताएकाे छ ।

उनीहरूलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको महानगरीय प्रहरी प्रवक्ता हाेविन्द बाेगटीले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!