बिहिबार, भाद्र ०४, २०७७ || 641  पटक पढिएको

रौतहटमा एक मन्दिरको पुजारीको गोली हानी हत्या गरिएको छ । बुधवार राति सबा ९ बजे जिल्लाको माधवनारायण नगरपालिका वडा नं २ खेसारहिया हनुमान मन्दिरका पुजारी श्रीराम साहको कन्चटमा गोली हानी हत्या गरिएको छ । अज्ञात व्यक्तिको समुहले मन्दिर परिसरमा खाना खाइरहेको अवस्थामा पुजारी साहलाई गोली हानी फरार भएको प्रहरीले जनाएको छ । गोली प्रहारबाट पुजारी साहको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायव उपरीक्षक ज्ञान कुमार महतोले बताउनुभएको छ । गोली प्रहार गर्ने समुहको पहिचान नभएको र उनिहरु फरार रहेकाले खोजी कार्य भइरहेको प्रहरी नायव उपरीक्षक महतोले बताउनुभयो । गोली कस्ले र किन चलाएको भन्ने कुरा अनुसन्धानपछि मात्रै खुल्ने उहाँले बताउनुभयो ।लास पोष्टमार्टमका लागि राति नै जिल्ला अस्पताल गौर पठाइएको र घटनाको विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!