अहिले अगस्ट २०२१ हो । संसारले व्यग्रताका साथ कुरिरहेको क्षण अन्ततः आइपुुगेको छ । कोभिड–१९ विरुद्धको खोप पास भएर प्रयोगका लागि तयार छ । यो एक कठिन यात्रा रह्यो, तर अहिले विश्वभरका भ्याक्सिन निर्माताहरुले दैनिक हजारौं डोज उत्पादन गर्दैछन्, महामारीको अन्त्य संघारमै छ ।
यद्यप ियो अन्त्य होइन, अन्त्यको सुरुवात पनि होइन । यहाँ ७ अर्ब ५० करोडभन्दा धेरै मानिसलाई खोपको जरुरी छ, तर पहिलो ६ महिनाको उत्पादनबाट एक अर्ब डोजमात्र उपलब्ध छ ।
कसले पाउनेछ ? अग्रपंक्तीमा खटिएका स्वास्थकर्मी यसमा पहिलो हुनुपर्छ भनेर सबै सहमत छन् । तर त्यसपछि को ? हर्ड इम्युनिटी हासिल गर्ने उत्कृष्ट बाटो के हो ? के मानिसहरुले खोप स्वीकार्छन् ? अनि के धनी देशहरुलाई आपूर्ति सञ्चयबाट रोक्न संभव छ ?
यसको जवाफ सफल खोप विकास हुनभन्दा धेरैअघि, अहिल्यै अर्थात् २०२० मा गरिने निर्णयहरुमा निर्भर छ । हुनसक्छ, त्यस्तो दिन कहिल्यै आउने छैन । तर कल्पना गरौं यस्तै होला । अनि के हुन्छ ?
एउटै समाधान छैन ।
भ्याक्सिनले काम गरिहाले पनि त्यहाँ एकैै आकार र प्रकृतिको खोप हुने छैन । विकासको चरणमा रहेका दुुई खोपले इपिडेमीलोजिस्टहरुले सामना गरिरहने समस्याको गन्ध दिन्छन् । यिनीहरु २०१९ नोभेम्बरमा स्विकृत इबोला भ्याक्सिन ‘इर्भेबो’ र २०१५ मा स्वीकृति पाएको डेंगुको भ्याक्सिन ‘डेङभासिया’ हुन् ।
पहिले इर्भेबोको कुरा गरौं । कोभिडले आतंक मच्चाउनुुअघि संक्रामक रोगबारे रणनीति बनाउन र परीक्षण गर्न पर्याप्त समय थियो । सबैभन्दा प्रभावकारी उपाय रिङ भ्याक्सिनेशन रहेको यसले देखाउँछ । जसको मतलब पुष्टि भएका संक्रमित, उनीहरुसँग सम्पर्कमा आएका र ती व्यक्तिसँग पनि सम्पर्कमा आएकाहरुको पहिचान गरेर खोप लगाइदिने अर्थात् भाइरस वरपर प्रतिरोधको जालो बिछ्याइदिने ।