बिहिबार, भाद्र ०४, २०७७ || 983  पटक पढिएको

सिराहाको अर्नामा गाउँपालिकामा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । अर्नामा गाउँपालिका– ५ बेलदरी टोलकी ५४ वर्षीया सीतादेवी राउतको कुटपिटपछि टाउकोमा चोट लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी सिरहाले जनाएको छ ।

गाउँमै आरसिसी सडक ढलानका समानहरु र नगद बाँडफाँडको विषयमा विवाद हुँदा सीतादेवीमाथि कुटपिट भएको स्थानीयले बताएका छन् । कुटपिटबाट स्थानीय विन्देश्वरदेवी राउत, नागेन्द्रकुमार राउत, पूजाकुमारीदेवी राउत, रोहितकुमर राउत समेत घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पताल सिरहामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनामा संलग्न ४ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिराहाबाट खटिएको प्रहरीको टोलीले कुटपिटमा संलग्न स्थानीय बालदेव साह, कमलेश राउत, लीलादेवी राउत र सुलेखादेवी राउतलाई पक्राउ गरेको प्रहरी प्रवक्ता विनोद घिमिरेले बताए ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतक महिलाको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल सिराहामा राखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!