माइतीघरबाट दुलाहाको घर जाने तयारीमा थिइन् दुलही । मन्डप सजिसजाउ थियो । पाहुनाहरु आगनमा खुशी हुदै भित्र बाहिर गर्दै थिए । केटा पक्षका परिवार पनि जन्तीसहित केटीको घरमा पुगेका थिए । विवाहको तामझाम थियो । खुशियाली छाइरहेको थियो ।

केटाले त्यस्तो होला भन्ने सोचेका पनि थिएनन् । केटीले अचानक विवाह गर्न अस्विकार गरिन् । दुलहीलाई कसैले दुलाहाको बारेमा नचाहिदो कुरा लगाइदिएको बताइएको छ । हुन लागेको विवाहलाई रोकेर दुलहीले भिडियो कलिङ मार्फत अर्को केटासँग विवाह गरेकी छिन् । यो घटना भारतको बिहारको हो ।

दुलहीले अर्को केटा रोजेपछि नेपालबाट गएका जन्ती खाली हात फर्केका थिए । केटी पक्षले जन्तीलाई राम्रोसँग खाना खुवाएर विदाई गरेका छन् । दुलाहाको उमेर कच्चा भएको भन्दै केटीले विवाह नगर्ने बताएकी हुन् । केटीले आफ्नो निर्णय आफै लिनसक्ने भन्दै विवाह अस्विकार गरेकी थिइन् ।

दुलहीले आफ्नो विवाह अस्विकार गरेपछि उनका मामाले मुम्बईमा बस्ने केटा तुरुन्त खोजेर भिडियोको माध्यमबाट विवाह गरिदिएका थिए

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!