बुधबार, भाद्र ०३, २०७७ || 567  पटक पढिएको

समुदायमा कोरोनाको महामारी फैलिरहदाँ स्याङको पुतलीबजार ३ मा रहेको दुर्गाभञ्जन गुल्मका दुई नेपाली सेनामा कोरोना सङक्रमण भेटिएको छ । दुर्गाभञ्जन गुल्मका ४१ बर्षिय हबल्दार र ३८ बर्षिइ जमजारमा कोरोना सङक्रमण भेटिएको हो । प्रहरीमा कोरोना सङक्रमण भेटिएपछि जिल्ला कारागारको सुरक्षाको लागि १६ जना नेपाली सेना राखिएकोमा दुई जनाका कोरोना पुष्टि भएको प्रजिअ गंगाबहादुर क्षेत्रीले जानाकारी दिनुभयो । कारागारमा रहेका एक ६० बर्षिय कैदीमा कोरोना पुष्टि भएपछि र आर्मीमा समेत सामान्य रुघा खोकी देखिएपछि पोखरामा उपचारको क्रममा पोजेटिभ देखिएको हो । कारागारमा सुरक्षामा रहेका थप १४ जना आर्मी र सङक्रमित कैदीको सक्पर्कमा रहेका कैदी र बन्दीको स्वाब लिइएने क्षेत्रीले बताउनुभयो । स्याङ्जामा सुरक्षाकर्मी, डाक्टर, एम्बुलेन्स चालक , कैदी सहित ८६ जना समुदाय सहित ३०६ जनामा कोरोना सङक्रमण देखिएको छ । सङक्रमित मध्ये २७२ जना निको भएर घर फर्केका छन् भने दुई जनाको निधन भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!