बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मृत्यु प्रकरणको जाँच अब सीबीआईले नै गर्ने भएको छ । भारतको सर्वोच्च अदालतले बुधबार यसबारे जाँच गर्न सीबीआईलाई आदेश दिएको हो ।

अदालतले भनेको छ, ‘निष्पक्ष जाँचको माध्यमबाट सत्यतथ्य बाहिर आउँदा निश्चितरुपमा निर्दोषहरुले न्याय पाउनेछन् जो बदनाम गर्ने अभियानको शिकार भएका छन् । सीबीआईको जाँचको फैसलाले रिया चक्रवर्तीलाई पनि न्याय मिल्नेछ, किनभने उनले आफै न्यायको माग गरेकी छिन् ।’

सुशान्तको प्रेमिका रहेकी रिया चक्रवर्तीले पटनामा भइरहेको जाँचलाई मुम्बईमा ट्रान्सफर गर्न अपिल गरेकी थिइन् ।

सर्वोच्च अदालतको ३५ पृष्ठको आदेशको ५ मुख्य कुराः

१. बिहार प्रहरीले दर्ता गरेको एफआईआर सही थियो ।

२. सीबीआई जाँचको सिफारिस कानुन अनुसार गरियो ।

३. मुम्बई प्रहरीले जाँचमा सहयोग गरोस्, जुटाइएका सबै प्रमाण सीबीआईलाई बुझाओस् ।

४. अन्य एफआईआर दर्ता भए पनि त्यसको जाँच सीबीआईले गर्नेछ ।

५. सुशान्त सिंह प्रतिभावान कलाकार थिए । उनको परिवार, मित्र र फ्यान जाँचको नतिजाको प्रतिक्षा गरिरहेका छन् । त्यसैले निष्पक्ष र प्रभावी जाँच आवश्यक ।

अब के हुन्छ ?

अब सीबीआईले मुम्बई प्रहरीलाई पत्र लेखेर पछिल्लो दुई महिनामा जुटाएका सबै प्रमाण सुम्पिन आग्रह गर्नेछ । न्यूज एजेन्सी आईएनएसका अनुसार सीबीआईले बयान दर्ता गरिएको सबै उपकरणहरु पनि मुम्बई प्रहरीसँग माग गर्नेछ ।

यता, रियाका वकिल सतीश मनशिन्देले भने, ‘रिया आवश्यकता परे सीबीआईको सामुन्ने पनि पेश हुनेछिन् । उनले मुम्बई प्रहरी र ईडीलाई पनि सहयोग गरेकी थिइन् । जुनसुकै एजेन्सीले जाँच गरे पनि सत्य बदलिने छैन ।’

सुशान्तका पिताका वकिल विकास सिंहले आफूहरुलाई चाँडै न्याय मिल्ने आशा व्यक्त गरेका छन् । सर्वोच्च अदालतको फैसलाबाट परिवार सुखी रहेको उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!