बुधबार, भाद्र ०३, २०७७ || 543  पटक पढिएको

प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले हरेक नागरिकले जीवनशैलीमा परिवर्तन गर्दै कोरोनासँग भिड्दै, लड्दै जीवन जिउने कला सिक्नुपर्ने बताएका छन्। उनले भारतसँग खुला सिमाना जोडिएका कारण प्रदेश नं १ कोरोनाको उच्च जोखिममा रहेको जनाउँदै सरकारको प्रयत्नले मात्र कोरोनालाई परास्त गर्न नसकिने बताए ।

झापाको विर्तामोडमा मङ्लबार लीला कट्टेल स्मृति प्रतिष्ठानले प्रकाशित गरेको ‘परिवर्तनका पाइलाहरु’ पुस्तकको लोकार्पण कार्यक्रममा उनले जीवन शैलीमा परिवर्तन ल्याउन जनसमुदायलाई आह्वान गरे । मन्त्री घिमिरेले सरकारले कोभिड–१९ नियन्त्रणका लागि अनेकौँ उपाय अपनाउँदासमेत समस्यामा कमी नआएको बताउँदै भने, “अब व्यक्तिले नै म कसरी बाँच्ने र मेरो परिवार, समुदायलाई कोभिड–१९ बाट कसरी जोगाउने भन्नेबारेमा लाग्न जरुरी छ ।”

निरङ्कुश पञ्चायती व्यवस्थाविरुद्ध झापाबाट पहिलो भूमिगत महिलाका रूपमा सहभागी भई आन्दोलनमा महत्वपूर्ण योगदान पुर्याउनुहुने स्व लीला कट्टेलको स्मृतिमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आबद्ध अग्रज महिलाहरुले सो प्रतिष्ठान स्थापना गरेका हुन् । प्रतिष्ठानले जिल्लाका १५ पालिकामा नेतृत्व गर्ने महिला जनप्रतिनिधिको परिचयलाई समेटेर पुस्तक प्रकाशन गरेको छ ।

प्रतिष्ठानका अध्यक्ष सङ्घीय सांसद पवित्रा निरौला खरेलले यस पुस्तकले सम्पूर्ण महिलालाई र भावी पुस्ताका महिलालाई उत्प्रेरणा प्रदान गर्ने आशा र अपेक्षा लिएको बताए । कट्टेलकै सहयोद्धा तथा संविधानसभा सदस्य नरेश खरेलले स्वार्थबाट प्रेरित भएको मान्छेले समाज परिवर्तन गर्न नसक्ने बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!