विश्व कोरोना भाइरसको महामारीसँग जुधिरहेको छ । २ करोड १० लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । झण्डै आठ लाखको संक्रमणबाट मृत्यु भइसकेको छ । तर, कोरोना संक्रमणको शुरुमा पत्ता लागेको चीनको वुआन शहरको जनजीवन सामान्य भइसकेको छ । त्यहाँ मनोरञ्जन र मस्तीको जीवन जिउनेहरुका लागि सोही अनुसारको छुट दिइसकिएको छ ।
बाँकी विश्व कोरोना कहरमा रहँदा चीनको वुआन हजारौं सहभागी वाटर पार्कको पार्टीमा थियो । मानिसहरु मास्क विनानै सहभागी थिए । एक अर्कासँग जोडिएका थिए । त्यहाँ कुनै भौतिक दुरी थिएन । मानिसहरुलाई कोरोनाको डर पनि देखिएन ।
एक करोड दश लाख जनंख्या भएको वुआनमा ७६ दिनको लकडाउन गरिएको थियो । ठुलो संख्यामा मानिसहरुको मृत्यु भएको थियो । अहिले मे महिनाको मध्ययता वुआनमा कुनै नयाँ कोरोना भाइरको संक्रमण देखिएको छैन ।
जुनको अन्तिमतिर पार्कहरु खुलेपछि शुरुमा मानिसहरुको उपस्थिति न्युन थियो । अगष्टको मध्यतिर आइपुग्दा विगतमा जस्तै मानिसहरुको उपस्थिति देखिन थालेको छ ।