पोर्चुगलका ७१ वर्षका राष्ट्रपति मार्सेलो रेबेलो डीले शनिबार अलगर्व बीचमा डुब्नै लागेका दुई महिलाको ज्यान बचाएका छन् । राष्ट्रपतिको यो साहसिक प्रयासको चौतर्फी प्रशंसा भइरहेको छ । दुई महिला सानो डुङ्गामा सवार थिए । यसैबीच उनीहरुको डुङ्गा पल्टियो । उनीहरु आफ्नो ज्यान बचाउनका लागि संघर्ष गरिरहेका थिए ।

समुद्र तटमा भएका राष्ट्रपति तत्काल पौडी खेलेर उनीहरु भएठाउँ पुगे र एक अन्य व्यक्तिको मद्दतले उनीहरुको ज्यान बचाए । राष्ट्रपति मर्सेलो देशको पर्यटन क्षेत्रमा टेवा पुर्याउनका लागि आजकाल यो इलाकामा आफ्नो छुट्टी मनाइरहेका छन् ।

राष्ट्रपतिले त्यतिबेला समुद्रमा ठूलो छाल आइरहेको र दुबैको मुखमा केही मात्रामा समुद्रको पानीसमेत भरिइसकेको जानकारी दिए । पानी पिएका कारण उनीहरु दुबैले पोडी खेल्न नसकेको राष्ट्रपतिले जानकारी दिए । घटनाको भिडियो फुटेजमा ७१ वर्षका राष्ट्रपतिले महिलाको पुकार सुनेर समुद्रमा हाम फालेको र पौडी खेल्दै उनीहरु भएठाउँ पुगेको देख्न सकिन्छ ।

त्यति नै बेला जेट स्कीमार्फत् एक व्यक्ति पनि महिलालाई बचाउन पुगे । राष्ट्रपतिले ती व्यक्तिलाई देशभक्त बताएका छन् । स्मरण रहोस्, मर्सेलो हृदयरोगी हुन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!