शनिबार, पौष २६, २०७६ || 14940  पटक पढिएको

मुना मदन’ यो एक कारुणिक काव्य हो । जुन काव्यले मुना मदनको बिछोडको प्रेम कथाको बारेमा वर्णन गर्छ । मदन पैसा कमाउन भन्दै विदेश गएका हुन्छन् । र उनी फर्कने बेला बाटोमा एकदमै बिरामी पर्छन् । त्यसपछि बिरामी मदनलाई बिच बाटैमा छोडेर उनका साथीहरू आउँछन् । घरमा आइसकेपछी मुनालाई मदनको मृत्युको कुरा मुनालाई भन्छन् । यो कुराले मुनालाई एकदमै पिडा हुन्छ । मुनाले मृत्युको पिडा सहन सक्दैनीन् । त्यही पिडा सहन नसकी शोकमै मुनाको मृत्यु हुन्छ । उता मदनलाई बाटोमा अलपत्र एक जना अपरिचित भोटेले फेला पार्छ ।

त्यसपछी उसले मदनको खुबै स्याहार गर्छ (तेस् बेला मदन् यो भन्छ् ” छेत्रिको छोरो यो पाउ छुन्छ घिनले छुदैन,मनिस् ठूलो दिलले हुन्छ जातले हुदैन”) र जब मदन निको भएर घर फर्कन्छ, त्यो बेला उसको परिवार मुना र आमाको मृत्यु भएको खबर सुनेर ऊ मर्माहत हुन्छ। अनि आफु पनि मर्छ । यसरि कलियुगमा मुना र मदनको परिचय बोकेका प्रेमको आदर्शको रुपमा परिचित प्रेम जोडी हुन् रुपा र कृष्ण । उनीहरुको जिबन कथा पनि निकै दर्दनाक छ । रुपा कृष्णको यो जोडी मायाको प्रतिक हो ! कलियुगमा मायाको पाठशालाको रुपमा ग्रहण गर्न सकिन्छ, जो मुना र मदनको भन्दा निकै ओजपूर्ण देखिन्छ ! स्वर सम्राट स्वर्गीय नारायण गोपालले त्यसै यो गित गाएका होइनन, ‘एउटा मान्छेको मायाले कति फरक पार्दछ जिन्दगीमा’। साँचै रुपाको मायाले कृष्णको जिन्दगीमा फरक पारेको छ ।

रुपाको निश्चल मायाले कृष्णको जिबन फेरिएको सत्य हो । सायद रुपाको माया अपुरो हुन्थ्यो भने कृष्ण आज आँशुको भेलमा पौडी रहेका हुन्थे । बेसहारा जिबन बाँची रहेका हुन्थे । तर एउटा नारीको मायाले आज धेरै फरक पारेको छ । मायाको प्रति मुर्ति हुन् रुपा र कृष्ण । मायामा धोका खानेहरुका लागि रुपा र कृष्णको जिन्दगि एउटा पाठशाला हो ।कुलेश्वरस्थित जनमैत्री क्याम्पसनजिकै डेरामा बस्ने रहेछन् कृष्ण वली,

हजुरआमाको साथ मा । २ बजे उनको डेरामा पुग्दा ७ वर्षीय मामाको छोरासँग ओछ्यानमा पल्टिएर काटुर्न हेरिरहेका थिए उनी । हामी पुग्ने बित्तिकै ‘ए आइपुग्नुभयो भयो’ भन्दै ओछ्यान नजिकैको सोफा देखाएर बस्न भनी अगाडि फर्किए । केही बेरपछि अर्काे कोठाबाट आइन् रुपा वली । उनी श्रीमान् सुतेको ओछ्यानको छेउमा ओढ्ने ओढेर बसिन् । २१ वर्षका कृष्ण अनि २० वर्षकी रुपा । यी यिनै जोडी हुन् जुन अहिले भाइरल छन् । भाइरलको कारण कृष्णप्रतिको रुपाको प्रेम समर्पण । दुर्घटनामा परेर दुई हात र एक खुट्टा गुमाए । उमेरमै श्रीमान् यस्तो कहालीलाग्दो दुर्घटनामा परे पनि रुपाको कृष्णप्रतिको प्रेमभाव हटेन, थप बढ्यो । यी दुवै जोडीको कथाले धेरैको मन पगाल्यो । बिहेको दिनकै भोलीपल्ट कृष्णको २ हात र १ खुट्टा काटियो । अनि रुपालाई आफन्तले अर्कैसँग बिहे गरेर जा भने तर हात खुट्टा गुमाएका कृष्णलाई एक्लै छोडेर रुपा कतै जान सकिनन् । बरु कृष्णसंगै जिउने र मर्ने रुपाले कसम खाईन ।त्यसपछिको उनीहरुको कठिन जिबन संघर्षले नयाँ मोड लियो । फलस्वरुप आज कृष्णले हातखुट्टा पाए ।

३७० दिनको कठोर संघर्ष र रुपाको प्रगाढ माया भित्र विश्वभर रहेका मनकारी सहयोगी दाताहरुको कारण आज कृष्णले नयाँ हात र खुट्टा पाएका छन् । ३७० दिनको कठोर सङ्घर्ष पछि कृष्ण ओली आफ्नै खुट्टाले हिडन थालेका छन् । दुख र पिडाको बिचको उनीहरुको जिबनले नयाँ मोड लिनुमा संचारकर्मी तथा कलाकार शिशिर योगीलाई श्रेय जान्छ । सायद यो घटना उनले बाहिर ल्याउदैनथे भने कृष्णले नयाँ हात र खुट्टा पाउने थिएनन होला ।यतिबेला रुपा मगर र कृष्ण ओलीको बैबाहिक जिबनले २ बर्ष पार गरेको छ । त्यहि बर्षगांठको उपलक्ष्यमा शिशिर भण्डारीले कृष्ण र रुपाको कारण आफु पनि भाग्यमानी भएको बताए ।

‘कृष्ण भन्छन्, ‘जब हात खुट्टा जले त्यो सँगै हामीले बुनेका सपना पनि जले ।’ उनले पुलुक्क रुपातिर हेरे । दुर्घटनामा उनको बायाँ हात पूरै जल्यो । बायाँ खुट्टा, दायाँ हात र खुट्टामा पनि करेन्ट लाग्यो । उनी केही बेर बेहोस भएछन् । ब्युझिँदा वरिपरि साथीहरु त थिए तर आत्तिएर एम्बुलेन्स बोलाउने भेउ नै पाएनछन् । कृष्ण आफैँले फोन गरेर एम्बुलेन्स मगाए । दाङमा नजिक उनको उपचार सम्भव हुने अस्पताल थिएन । उनी पुगे भारतको लखनउ ।दुर्भाग्य, त्यहाँ पुग्दा धेरै ढिला भइसकेको थियो ।

समयमै पुगेको भए उनको एक हात मात्रै गुम्थ्यो, इन्फेक्सनका कारण उनले दुवै हात र बायाँ खुट्टा पनि गुमाए । काठमाडौँमा बसेर नर्सिङको वृजकोर्ष गरिरहेकी रुपाले कृष्णलाई लखनउ अस्पतालमा पु¥याएको सुनेपछि बोल्नै सकिनछिन् । ‘म त पूरै ब्ल्याङ्क थिए’, रुपाले भनिन्, ‘के गर्ने के नगर्ने भन्ने पत्तो नै पाइनँ । परिवारमा ऋण धन गरेर अस्पताल पुगेँ । जब उसलाई देखेँ झन् बढी माया लागेर आयो । धैर्य गुमाउनु हुन्न भन्ने भयो ।’ १८ दिन लखनउको अस्पता लमा बसेर फर्किएपछि पैसाको अभाव सुरु भयो । उपचार जारी नै थियो ।कमाउने व्यक्ति ओच्छ्यान परिसकेका थिए । उनीहरुको अवस्थाबारे शिशिर भण्डारीले भिडियो बनाएर युट्युबमा अपलोड गरिदिए । मनकारी नेपालीले उनलाई उपचार खर्चको जोहो गरिदिए ।कृष्ण रुकुममा जन्मिए रुपा काभ्रेमा ।

जन्मस्थान फरक भए पनि व्यव हार भने दुवैको उस्तै प¥यो । दुवैका बुबाले आमालाई छाडे । आमाले उनीहरुलाई । दुवैले मामाघर बसेर पढ्नु पर्यो । रुपाले मकवानपुरमा रहेको मामाघरमा केही समय बसेर पढिन्, कृष्ण काठमाडौंमा रहेको मामाघरकै हजुरआमासँग बसे । दुवैको भेट जनसेवा माध्यमिक विद्यालय कीर्तिपुरमा भयो । दुवैको कक्षा एउटै भए पनि सेक्सन भने फरक थियो ।बिस्तारै दुवै नजिकिँदै थिए । उनीहरु भेट भएको बेला आफ्ना घरपरिवारका कुरा गर्थे ।‘सुरुमा त म अचम्मैमा परेको घरको कथा उही,’ रुपाले भनिन्, ‘आमाबाको अवस्था पनि उही सायद त्यसैले हामीलाई नजिक बनायो ।

’ २०७० को अन्तिमतिर उनीहरु घुम्न कीर्तिपुरको डाँडामा गएका थिए । त्यहीँ उनीहरुले जीवन सँगै बिताउने वाचा गरे । रुपाले कक्षा ११ र १२ मा होटल म्यानेजमेन्ट पढिन् भने कृष्णले सिभिल इन्जिनियर पढे ।

दुवैको पढाइ मध्यमस्तरको । उमेर किशोर काल मात्र पार गरेको थियो, डेढ वर्षअगाडि रुपाको मामाघरमा विवाहको कुरा चल्यो । उनले सकेसम्म छल्ने कोसिस गरिन् तर सकिनन् ।आखिरमा जोसँग मन साटिएको थियो उसैसँग भागिन् र फुटुङमा लुकेर बसे ।रुपाको घरमा क्रिश्चियन धर्म मान्ने । कृष्णको हिन्दू धर्म । दुवैको जात पनि फरक । जातले त त्यत्ति असर पारेनछ तर रुपाको परिवारले धर्मबारे भने निक्कै कचकच गरेछन् । दुवैले विवाह गरिसकेपछि एउटा सपना बुने । कृष्ण सिभिल इन्जिनियरको काम गर्र्दै रहने । रुपाले नर्सिङ पढ्ने र अस्ट्रेलिया जाने । तर जसै कृष्णको दुर्घटना भयो सपना फेरियो । ‘उसले छात्रवृत्तिमा नाम पनि निकालेकी थिइन्,’ कृष्णले रुपातिर हेर्दै भने, ‘मैले त पढ्न जाउ मलाई हजुरआमाले हेरिहाल्नुहुन्छ भनेको थिएँ । तिमीलाई छोडेर जान्न भनेर मान्दै मानिनन् ।’

कृष्णलाई भने कतै मेरो कारण उनको जिन्दगी त बर्बाद भइरहेको छैन भन्ने लाग्दो रहेछ । ‘मैले गर्दा तिम्रो जीवन बर्बाद भयो भन्ने गर्छु,’ कृष्णले भने, ‘उनी म जे गर्छु तिम्रो साथमा गर्छु छोडेर जा नभन्नु भन्छिन् ।’दुर्घटनापछि कृष्णको शारीरिक अवस्था फेरियो ।रुपालाई यही बेला मन भड्काउने प्रयास पनि भएछ ‘यसरी त कति समय सँगै बस्न सकिन्छ र’ भन्दै । उमेर भर्खरै । जीवन सुरु नै नहुँदा आएको आपत थेग्न सक्दिन भन्ने पनि रहेछन् ।‘धेरैले मलाई छाडेर जान्छे होला भनेछन् । कसैले अप्रत्यक्ष रुपमा अर्काे विवाह गर्ने भने, ‘रुपाले भनिन्,‘ छोड्ने त के, एकछिन पनि ऊ बाट टाढा हुनै सक्दिन । उसको हात खुट्टा नभए पनि मलाई माया गर्ने मन त छ ।

मलाई रुपा भनेर बोलाउने बोली उस्तै छ । मायालु नजरले हेर्ने बानी उस्तै छ ।’ कृष्ण भने विरक्तका देखिए । मन सम्हाल्नु पनि कसरी । सग्लो शरीर त्यस्तो भएपछि । तर सहनुको अर्को विकल्प पनि छैन ।‘हरेक काम उसैलाई गराउनुपर्दा साह्रै नरमाइलो लाग्छ,’ कृष्णले भने, ‘शरीर चल्न छाडेपछि दिमाग बढी चल्दो रहेछ । रुपा नजिकै भए पनि कहिलेकाहीँ ह्याङ्गरमा भएको ज्याकेट कसरी झिक्ने होला भनेर सोचिरहेको हुन्छु । आफैँ गएर झिक्न कोसिस गर्छु । तर सक्दिन ।’ ‘राति ढोका नलाई सुत है भन्छु । दुवै केटाकेटी छन्, ‘कृष्ण बोल्दाबोल्दै उनकी हजुरआमाले भनिन्, ‘रुपा दिनभरि काम गर्दा थाकेकी हुन्छे । राति ओढ्ने फाल्छन् । अनि म गएर ओढाइदिन्छु ।’

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!