मंगलबार, भाद्र ०२, २०७७ || 885  पटक पढिएको

हिन्दुत्व विचारक कर्मकाण्डी कमनिष्टका मुखिया नेपालीका भाग्यबिधाता मोदी पथगामी ओली आजन्म सत्ताशीन हुने चुनावी रणनीति तयार गर्न अन्तिम अस्त्रका रुपमा भगवान राम र राम मन्दिरलाई नै आफ्नो प्रमुख हतियार बनाउन कम्मर कसेका छन् । धर्मलाई जन्त्र बनाई राजनीतिक रणनीति खाका बनाउन १५ अगस्त स्वतन्त्रता दिवसको शुभ साइतमा छिमेकि राष्ट्रका समकक्षी संग गुरु मन्त्र लिनको लागि गोप्य फोन वार्ता भएको हुन सक्ने आशंका टोले गफाड़ीको बौद्धिक विलासितामा व्यस्त रहेकाहरुले गरेका छन् । आखिर के भएको होला दुबै प्रधानमन्त्री बीच कुराकानी ? दुबै देशको तिक्ता मिटाई नेपालको नयाँ नक्सा पुनः संसोधन गर्ने ? अयोध्याको राम जन्मभूमी पर्साको ठोरीमा सार्ने ? भारतबाट आएका कडा कोरोना भाइरसको नियन्त्रण अब भारतले नै गर्नुपर्ने ? परिक्षणको अन्तिम चरणमा रहेको कोरोनाको भयाक्सिन भारतबाट अनुदानमा लिने या चीनबाट ऋणमा लिई भारतको अनुदानबाट ऋण चुक्ता गर्ने ? बोर्डरमा आवत जावत गर्ने लाई कडाइका साथ चेक जाँच गर्ने या चेकपोष्ट नै हटाउने ? रामलाई घरजमईया बनाउने ? वा अन्य केही. . . ? जे पनि हुन सक्छ । हो गोप्य बार्ता गोप्य हो र यस्ता वार्ताका विषयहरु बाहिर आउन जरुरी पनि हुँदैन किनकी यो कुटनीतिक मर्यादाको विषय हो ।

टोले गफाडीको बौद्धिक विलासिता अन्तर्गत यो भान्दा पहिला  साच्चिकै सतीले सरापेको देश हो त ? र उखान टुक्काको स्टोक समाप्त भयो ? पढि सक्नु भएको हुनुपर्छ यदि पढ्नु भएको छैन भने अहिले पनि ढिलो भएको छैन आज पनि पढ्न सक्नु हुन्छ । पाँच महिनाको लामो समय अबधि र करोड़ौ खर्च भएतापनि आवश्यकता अनुसारको आइसोलेशन, अस्पताल र उपचारको व्यवस्था नगरि घरमै बसी धामी झाक्री र देउताहरुको भाकलमा चित्त बुझाउन सय वर्ष पछाडिको भाग्यवादी चिन्तनमा पुर्याएका नाव उदारवादी नयाँ नेपाल निर्माता भाग्यवादी कमनिष्ट सरकारको रबैयाले कामकाज नपाएर घरमा बसेका समान्य मान्छेहरुका खाली दिमाग आफ्नो हैसियतले वैचारिक मन्थनमा बौधिक विलासिता गर्नु वाहेकको अन्य विकल्प के छ र ? दार्शनिक शैलीमा ज्ञान विज्ञानको ठुलो प्रवचन दिने कमनिष्ट धर्मलाई हफिम भन्दा भन्दै अमृतको रुपमा ग्रहण गरी हिन्दुवादी कमनष्टिको रुपमा परिवर्तन भएको भन्ने कुरा अचेल प्रशस्तै पढ्न सुन्न पाइन्छ ।

कोरोनाको कहरले चरैतिर त्राहिमाम भई रहेको अवस्थामा तुलसीकृत रामचरितमानसको वालकाण्डको एक चौपाईमा भगवान शिव र सतीको संवाद “होइहि सोइ जो राम रचि राखा । को करि तर्क बढावै साखा” लाई आत्मसात गर्दै रामभरोसे देश र जनतालाई छोडि़ रामलाई मनाउन राम मन्दिर बनाउन तमत्यार भएका छन् । धार्मिक रुपमा नै भन्ने हो भने, नेपाल शिव र शक्तिको देश हो यहाँ अन्य देवी देउता भन्दा बढी शिव र शक्तिको उपासना हुने गर्छ । हिमाल, पहाड, तराइ मधेश अर्थात समग्र हिपमत नेपालमा शिव र शक्तिलाई नै आराध्य देउताको रुपमा पुजा अर्चना गर्ने चलन छ । तथापि कमनिष्ट सरकारबाट राममन्दिर बनाउने विषय हिन्दुवादीहरुलाई मनमनै उत्साहित बनाएको र उनीहरुमा मनको लड्डु घीउ सित खानु जस्तै अब नेपाल विशुद्ध हिन्दु राज्य हुने टोले गफाड़ीहरुको अटकल रहेको छ । देश र जनतलाई कारोनाको भिषण अग्निमा छटपटिएर मर्न बाध्य बनाएर राम मन्दिर बनाउँदैमा राम राज्य स्थापित हुने कल्पना गर्नु भन्दा पनि रामले गरेको त्याग तपस्यालाई आत्मसात गरि देश र जनताको जीउ ज्यानको रक्षाको लागि ठोस कदम उठाउँदा अवश्य नै राम राज्य स्थापित हुने र भगवान राम प्रशन्न हुने विश्वास गर्न सकिन्छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!