एक म्युजिक भिडियोमा नेपालको राष्ट्रिय झन्डालाई जलाईएको छ । युट्युबमा सार्बजनिक “देशद्रोही” बोलको गीतको भिडियोमा नेपालको झन्डा जलाईएको हो । भिडियो सार्बजनिक भएपछि यतिवेला सर्वत्र बिरोध र आलोचना भैरहेको छ । र्याप शैलिको उक्त गीतमा मङोल ग्याल्ज लिले र्याप हानेका छन् । गीतमा “ब्रा जस्तो हिन्दु झन्डा बोकि” जस्ता आपत्तिजनक शब्दहरू पनि प्रयोग भएको छ । झन्डालाई छातिमा पनि उल्टो राखिएको छ ।

 

गीतमा क्षेत्री बाहुनलाई शरणार्थी भन्दै बिगतका घटनाहरु स्मरण गराईएको छ भने “भोलि तेरो सन्ततिको होलास नि बेहाल, मुलबासी मङोललाई छोटो माफी मागिहाल, नत्र भने आफ्नो बाटो लागिहाल” जस्ता शब्दहरु प्रयोग भएका छन् । भिडियो युट्युबमा सार्बजनिक पश्चात् गालिहरुने नेपालिहरुको ओईरो लागेको छ ।

राष्ट्रिय झन्डालाई जलाउनु अपराध मानिन्छ । सो भिडियोलाई यो समाचार तयार गर्दैगर्दा २१ हजार पटक हेरिएको छ भने १७ हजार त डिसलाईक नै आएको छ । यहि बाट प्रष्ट हुन्छ नेपालिहरु कति आक्रोशित भएका छन भनेर । यस्तै ३१ सय कमेन्टमा सबैले बिरोध जनाउदै भिडियो बहिस्कार गरेका छन् । हिजो सोमबार युट्युबमा सार्बजनिक उक्त भिडियोलाई मङोल हप अफिसियल नामक नया युट्युब च्यानलबाट सार्बजनिक गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!