मंगलबार, भाद्र ०२, २०७७ || 584  पटक पढिएको

‘दृश्यम’, ‘मुम्बई मेरी जान’ का निर्देशक निशिकान्त कामतको ५० वर्षको उमेरमा निधन भएको छ ।

उनको उपचार भइरहेको एआईजी अस्पतालले बयान जारी गर्दै सोमबार बेलुका करिब साढे चार बजे उनको निधन भएको जानकारी दिएको छ । उनी पछिल्लो दुई वर्षदेखि लिभर सिरोसिस रोगबाट ग्रसित थिए ।

उनी जुलाई ३१ देखि हैदराबादको एक अस्पतालमा भर्ना थिए । नायक अजय देवगत र रितेश देशमुखले ट्वीट गरेर दुःख जताएका छन् ।

उनले निर्देशन गरेको फिल्म दृश्यममा काम गरेका अजय देवगनले उनको निधनमाथि शोक व्यक्त गर्र्दै उनीसँगको सम्बन्ध दृश्यमसम्म मात्रै सिमित नभएको बताए । उनले लेखेका छन्, ‘उनीसँगको सम्बन्ध त्योभन्दा पनि निकै माथि थियो । उनी सधैं हाँसिरहने र अत्यधिक प्रतिभाशाली कलाकार थिए । उनी निकै छिटो बिदा भए ।’

निशिकान्त कामत सन् २००८ मा ‘मुम्बई मेरी जान’ फिल्मबाट निर्देशनको क्षेत्रमा कदम राखेका थिए । उनले थुप्रै फिल्ममा अभिनय पनि गरेका थिए । उनले जोन अब्राहमको फिल्म रकी ह्यान्डसममा भिलेनको भूमिका निभाएका थिए ।

उनको फिल्म दृश्यम निकै सफल रह्यो । यो फिल्ममा अजय देवगन र तब्बू थिए । निशिकान्त कामतले रियालिस्ट फिल्मको निर्माणमा आफ्नो छाप छोडे । जीवनको अन्तिम समयमा उनी आफ्नो फिल्म दरबदरको तयारीमा जुटेका थिए । यो फिल्म सन् २०२२ मा रिलिज हुँदैथियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!