मंगलबार, भाद्र ०२, २०७७ || 1015  पटक पढिएको

रोमेलु लुकाकु र लाउटारो मार्टिनेजको दुई–दुई गोलको मद्दतले इन्टर मिलानले शाख्तार डोनेस्कमाथि गोल वर्षा गर्दै युरोपा लिगको फाइनलमा स्थान पक्का गरेको छ । सोमबार राति भएको खेलमा इन्टर ५–० गोलअन्तरले विजयी बनेको हो । अब फाइनलमा इन्टरले स्पेनिस क्लब सेभियाको सामना गर्नेछ । सेभियाले म्यान्चेस्टर युनाइटेडलाई हराउँदै फाइनलमा स्थान बनाएको हो ।

मार्टिनेजले खेलको १९ औँ मिनेटमा इन्टरलाई अग्रता दिलाएका थिए । त्यसपछि दोस्रो हाफमा इन्टरले गोल वर्षा गरेको थियो । डानिलो आब्रोसियाले इन्टरको दोस्रो गोल गरे भने मार्टिनेजले थप एक गोल गर्दै अग्रता फराकिलो बनाए । खेलको अन्त्यतिर लुकाकुले दुई गोल थप्दै जीत सुनिश्चित गरे ।

योसँगै लुकाकुले युरोपा लिगको लगातार १० औँ खेलमा गोल गर्न सफल बनेका छन् । यो सिजन उनले ३३ गोल गर्न सफल भएका छन् ।

सिरिए ए को उपाधि मात्र एक अंकले गुमाएको इन्टरसँग अब सन् २०११ यता पहिलो उपाधि हात पार्ने अवसर रहेको छ । एन्टोनियो कोन्टेको टोलीले अब उपाधिका लागि जुलेन लोपेटेगुइको टोलीसँग शुक्रबार भिड्नेछ । इन्टरले सन् २०११ मा क्लब विश्वकप र कोपा इटालिया जितेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!