कोरोना भाइरस संक्रमणको महामारीसँग लड्न स्वास्थ्यकर्मी र सुरक्षाकर्मी अग्रपंक्तिमा खटिइरहेका छन् । जसका कारण उनीहरुमा संक्रमण पनि फैलिदै गएको छ । जसका कारण अन्य व्यक्तिमा पनि जोखिम बढिरहेको छ । त्यति मात्रै होइन, अहिलेकै अवस्थामा संक्रमण बढ्दै गयो भने सुरक्षा र स्वास्थ्य क्षेत्र नै अस्तव्यस्त हुने डर देखिएको छ ।

दैनिक कोेरोना संक्रमित थपिदै जाँदा र विरामीको उपचारमा दिनरात खटिने स्वास्थ्यकर्मीहरु पनि संक्रमित भैरहेका छन् । त्यसैगरी सुरक्षाकर्मीमा संक्रमण भइरहेको छ । सुरक्षा र स्वास्थ्य क्षेत्रमा सक्रिय व्यक्तिहरुमै कोरोना संक्रमण बढेपछि अवस्था गम्भीर बन्ने हो कि भन्ने चिन्ता व्यक्त हुन थालेको छ । विशेषगरी अस्पतालमा अन्य रोगको उपचार गर्न जाने विरामी तथा आफन्तहरुमा त्रास उत्पन्न भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ३१ शनिबार गतेसम्मको तथ्याङ्कअनुसार देशभर ४४ जना डाक्टर, ३५ जना भन्दा धेरै नर्स र २ सय १२ जना भन्दा धेरै स्वास्थ्यकर्मी संक्रमित भैसकेका छन् । यसरी स्वास्थ्यकर्मी संक्रमित हुँदै जाने हो अन्य विरामीहरुको समेत उपचारमा समस्या उत्पन्न हुने सरुवा रोग विशेषज्ञ डा.बाबुराम मरासिनी बताउँछन् ।

साउन ३१ गते सम्म नेपाल प्रहरीका ५ सय ५१, नेपाली सेनाका २ सय ३३ र सशस्त्र प्रहरीका २ सय ३३ जनामा कोरोना पुष्टि भैसकेको छ । यो तथ्याङ्कले पनि स्पष्ट पार्छ कि सुरक्षा निकायमा पनि कोरोना भाइरस भुसको आगो झैँ फैलिएको छ । जसका कारण सर्वसाधारण पनि असुरक्षित छन् । नेपाल प्रहरीका प्रवक्ता कुवेर कठायतले संक्रमण फैलिएसँगै उच्च सतर्कता अपनाएर काम गरिरहेको बताएका छन् ।

सुरक्षाकर्मी होस वा स्वास्थ्यकर्मी, उनीहरुबिना कोरोना नियन्त्रण तथा रोकथाम सम्भव छैन । त्यसैले सर्वसाधारणलाई झै उनीहरुलाई घरभित्रै राख्न मिल्दैन । तर संक्रमणबाट बँच्न उच्च सतर्कताका साथ काम गर्नुको विकल्प छैन । तर अहिलेसम्मको अवस्था हेर्दा सरकारले खासै चासो दिएको पाइदैन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!