आइतबार, साउन ३२, २०७७ || 855  पटक पढिएको

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका भाइ रोबर्ट ट्रम्पको निधन भएको छ । उनी ७१ वर्षका थिए । उनको न्यूयोर्कस्थित अस्पतालमा उपचार भइरहेको थियो । डोनल्ड ट्रम्पले एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएका हुन् ।

ट्रम्पले न्यूयोर्क सिटी अस्पतालमा भर्ना भएका भाइलाई शुक्रबार भेटेका थिए । उनको मृत्युको कारण भने खुलाइएको छैन ।

‘मेरो भाइ रोबर्टको शान्तिपूर्ण निधन भएको खबर निकै दुःखी मनसहित सुनाउँदैछु,’ ट्रम्पले एक विज्ञप्ति जारी गर्दै भने । ‘उनी मेरा भाइमात्रै थिएनन्, उनी मेरा मिल्ने साथी थिए, उसलाई म असाध्यै मिस गर्नेछु तर हाम्रो पछि पुनः भेट हुनेछ । उनको स्मरण मेरो मुटुमा सदाका लागि रहिरहनेछ । रोबर्ट म तिमीलाई माया गर्छु ।’

ट्रम्प रोबर्टको अन्तिम संस्कारमा सरिक हुने अनुमान गरिएको छ ।

ट्रम्प दाजुभाइमध्ये सबैभन्दा कान्छो रोबर्ट ७४ वर्षे राष्ट्रपतिसँग निकै नजिक थिए ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!