जिल्लास्थित बिएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई विश्वविद्यालयमा रूपान्तरण गर्ने प्रक्रिया अघि बढाइएको छ।

स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा एकरूपता ल्याई व्यवस्थित गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्र श्रेष्ठकोे संयोजकत्वमा गठित एकीकृत छाता ऐन मस्यौदा तर्जुमा समितिले प्रतिवेदन नदिँदै प्रतिष्ठानका सहकुलपति तथा मन्त्री भानुभक्त ढकालको अध्यक्षतामा बसेको सिनेट बैठकले प्रतिष्ठानलाई विश्वविद्यालयमा रूपान्तरण गर्ने प्रस्ताव पास गरेको छ।

आर्थिक वर्ष २०७७र७८ को बजेट तथा कार्यक्रममा स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा एकरूपता ल्याई व्यवस्थित गर्न क्षेत्रगत एकीकृत छाता ऐन तर्जुमा गर्ने रहेको र सोहीबमोजिम मन्त्रालयले असार १२ गते मन्त्रीस्तरीय निर्णय गर्र्दै डा श्रेष्ठको संयोजकत्वमा ऐनको मस्यौदा तर्जुमा समिति गठन गरेको थियो।

तर मन्त्री ढकालले आफ्नै निर्णय लत्याउँदै बिएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने उद्देश्यले हतारमा प्रतिष्ठानको सिनेट राखेर उपकुलपति ज्ञानेन्द्र गिरीको संयोजकत्वमा नौ सदस्यीय अर्को कार्यदल गठन गरेको स्वास्थ्य मन्त्रालयका उच्च अधिकारी बताउँछन्।

प्रतिष्ठानलाई थप विकास, विस्तार, विशिष्टीकृत गर्न विश्वविद्यालयमा रूपान्तरणका लागि योजना र नियम तर्जुमा गर्न कार्यदल बनाइएको प्रतिष्ठानका रजिस्ट्रार मोहनचन्द्र रेग्मीले बताए। नयाँ कार्यदलमा उपेन्द्र कोइराला, रेग्मी, मधुर भट्टराई, बालकृष्ण भट्टराई, धरान उपमहानगरकी उपमेयर मञ्जु भण्डारी छन्। कार्यदलमा अन्य तीन सदस्य थप्ने उल्लेख छ।

मन्त्रालयका प्रमुख विशेषज्ञ श्रेष्ठले प्रतिवेदन तयार भइनसककेको बताउँदै सबै प्रतिष्ठानमा छुट्टाछुट्टै उपकुलपति, रजिस्ट्रार, रेक्टर राखेर राज्यलाई अनावश्यक भार परेकाले अलगअलगको सट्टा एउटै राख्नेगरी अध्ययन भइरहेको जानकारी दिए।

छाता ऐन आएपछि त्यसैअनुसार व्यवस्थित ढंगले अघि बढ्नुपर्नेमा मन्त्री ढकाल, उपकुलपति गिरीलगायतले कोरोना महामारीको मौका छोप्दै काठमाडौं बूढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा शुक्रबार प्रतिष्ठानको ४४औं सिनेट बैठक राखेर बिएन्डसी कलेजलाई सम्बन्धन दिन प्रतिष्ठानलाई विश्वविद्यालयमा परिणत गर्ने निर्णय भएको आजको नागरिक दैनिकमा खवर छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!